देशभर आजकाे माैसम कस्ताे रहला ? यस्ताे छ पूर्वानुमान
- गाउँ सहर संवाददाता
- २९ पौष शुक्रबार, २०७९ | ०६:३१:०० मा प्रकाशित
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । देशको तराई भू–भागमा बाक्लो हुस्सु/कुहिरो लागिरहेको छ ।
विभागले आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
विभागका अनुसार आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
हिमपात र बाक्लो हुस्सु/कुहिरो लागेर दैनिक जन जीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विद्यार्थीको मौन तनाव बुझ्न महाकालीका शिक्षकलाई तीनदिने प्रशिक्षण
- उमाकुण्ड–४ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन, सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा
- यस्ताे छ कांग्रेस महाधिवेशन तालिका
- कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवा पद चैट
- शेयरबाजरः ५ अर्ब ७ करोडको कारोबार तर १९ अंकले घट्यो
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
प्रतिकृया दिनुहोस