राहदानीको प्राविधिक जिम्मेवारी पाएकाे फ्रान्सेली टोली नेपाल आउने
- गाउँ सहर संवाददाता
- २४ पौष आइतबार, २०७९ | १४:२५:०० मा प्रकाशित
काठमाडौं । विद्युतीय राहदानी सर्भरको समस्या समाधान गर्न फ्रान्सबाट प्राविधिक टोली नेपाल आउने भएको छ । टोली सोमबारसम्म नेपाल आइपुग्ने भएको छ ।
नेपालमा विद्युतीय राहदानीको सम्पूर्ण प्राविधिक जिम्मेवारी फ्रान्सेली टोलीले विसं २०७८/०८/१५ गतेदेखि सुरु भएको पाएको थियो ।
राहदानी सर्भरमा समस्या देखिएको र कुनै पनि व्यक्तिको फोटो, हस्ताक्षर र हातको बायोमेट्रिक लिन समय लागेपछि त्यसको सामाधानका लागि नेपालले जारी गर्ने विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको सो प्राविधिक टोली झिकाइएको हो ।
केही दिनअघिदेखि स्टोरेजसम्बन्धी समस्या देखिएकोले टोली सोमबारसम्म नेपाल आइपुग्ने राहदानी विभागका प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिए । विभागको ‘सिस्टम’मा समस्या आई राहदानी छपाइ तथा वितरण कार्यमा समस्या देखिएपछि निर्देशक सापकोटाले सूचना जारी गर्दै समाधानको पहल भइरहेको जानकारी दिएका थिए।
सापकोटाले केही दिनअघि समस्या देखिएपछि यसको समाधान खोज्ने काम जारी रहेको र सुरुको तुलनामा केही सुधार भएको पनि जानकारी दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस