नेपाल टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आज हुँदैछन् यी दुई खेलहरु
- गाउँ सहर संवाददाता
- १६ पौष शनिबार, २०७९ | ०७:५७:०० मा प्रकाशित
काठमाडौं । नेपाल टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आज शनिबार दुई खेलहरु हुँदैछन् ।
शनिबारको पहिलो तथा प्रतियोगिताको पन्ध्रौं खेलमा लुम्बिनी अल स्टार र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
पाँच खेलमा अपराजित लुम्बिनी छैठौं जित निकाल्न चाहान्छ । लुम्बिनी ५ खेलमा १० अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
छ खेल खेलेर एक जित हात पारेर २ अंक सहित पोखरा ६ खेलबाट अंक तालिकाको पाँचौ स्थानमा रहेको छ ।
यही संस्करणको पहिलो भेटमा लुम्बिनी ३ विकेटले विजयी भएको थियो ।
आज नै हुने दोस्रो खेलमा जनकपुर रोयल्स र विराटनगर सुपर किंग्सबीच खेल हुदैछ । खेल दिउसो १ बजे बाट सुरु हुनेछ।
चार खेल खेलेर ३ जित हात पारेको जनकपुर चौथो जितको खोजीमा रहेको छ । जनकपुर ४ खेलमा ६ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
चार खेल खेलेर दुई जित हात पारेको विराटनगर तेस्रो जितको खोजीमा रहेको छ । विराटनगर ४ खेलमा २ अंकका साथ अंक तालिकाको चौतो स्थानमा रहेको छ ।
यही संस्करणको पहिलो भेटमा जनकपुर ६ विकेटले विजयी भएको थियो ।
दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस