नेपाल टी-ट्वान्टी अन्तर्गत आज यी दुई खेल हुदै
- गाउँ सहर संवाददाता
- १२ पौष मंगलबार, २०७९ | ०८:०७:०० मा प्रकाशित

काठमाडौं । काठमाडौंमा जारी रहेको नेपाल टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आज मंगलबार दुई खेलहरु हुँदैछन् ।
मंगलबारको पहिलो तथा प्रतियोगिताको सातौं खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टारबीचमा खेल हँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
पहिलो र दोस्रो खेलमा जित निकालेको लुम्बिनी आजको खेलमा जित निकादै लगातार तेस्रो जित निकाल्न चाहन्छ ।
लुम्बिनी २ खेलमा ४ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
दुई खेल खेलेर अंक बिहिन पोखरा पहिलो जितको खोजीमा रहेको छ । पोखरा २ खेलमा अंक विहीन रहेर अंक तालिकाको पुछारमा रहेको छ ।
आज नै हुने दोस्रो खेलमा काठमाडौं नाईट्स र जनकपुर रोयल्सबीच खेल हुदैछ । खेल दिउसो १ बजे बाट सुरु हुनेछ ।
दुई खेलमा लगातार दुई जित हात पारेको जनकपुर तेस्रो जितको खोजीमा रहेको छ । जनकपुर २ खेलमा ४ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
दुई खेल खेलेर जित बिहिन विराटनगर पहिलो जितको खोजीमा रहेको छ । विराटनगर २ खेलमा अंक विहीन रहेर अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।
दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस