ब्लग

सकारात्मक परिवर्तन, जनजीविका, विकास ... यी सबै झूट हुन्, सत्ता मात्र एक अन्तिम सत्य हो

हामीले खास गरि साउथ इण्डियन फिल्ममा देख्ने गरेको राजनीतिक परिघटना आँखै अगाडि देखिए । भोगिए । अनुभव गरिए ।।। नपत्याए यी अमिल्दा, नसुहाउँदा र बेमेल परिदृश्य हेर्नुस त !?

१.रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीको बैठक कारागारमै बोलाए । कस्तो नय प्रयोग गरे । प्रहरी प्रशासन रमिते बन्यो ।

२. गृह मन्त्रालयले जसको नागरिता तथा पासपोर्टको बारेमा छानबिन शुरु गरेको छ । र, अदालतमा मुद्दा विचाराधीन छ, त्यही रबि लामिछाने गृहमन्त्री भए । अब हुने छानबिन कस्तो होला !

३. नेपालबाट मधेस अलग राज्य बानाउने भनी मधेशमा उदण्डता मच्चाउने र पहडिया समुदायको आमालाई गाली दिने सिके राउत सरकारमा सामेल भए । उनका मन्त्रीले कस्तो विकास गर्लान् ?

४. राजा फाल्ने प्रचण्डलाई राजा ल्याउने हुंकार गरेका राजेन्द्र लिङ्देनको सरकारलाई समर्थन छ । कस्तो बिचित्रको साँठगाँठ र मिलन ? सुन्दै कस्तो कस्तो लाग्ने ?

५ लगभ २ वर्षदेखि धारे हात लाएर एकले अर्कोलाई तल्लोस्तरको गालीबेइजती गरेका प्रचण्ड र के पी ओली सरकार निर्माणका लंगुठिया बने । एकाएक गहिरो लभ र वैचारिक एकता ?

६. एक महिना अघिसम्म मात्र १५ वर्ष गठबन्धन टिकाउने कसम खाएर स्थानीय तह र केन्द्रीय निर्वाचनमा सहयात्रा गरेका काङ्ग्रेस र माओवादी सरकार बनाउँदा एक नदिका दुई किनारा बने । पद र सत्ताको लागि बनेको दोस्ती । नमिलेपछि टुट्यो।

यस्ता अनौठा अरु नि छ्न् ।

नोट:- नेपालको राजनीतिमा सिद्धान्त, विचार, बोली, व्यवहार, मुद्दा, योजना, देश निर्माण, सकारात्मक परिवर्तन, जनजीविका, विकास ... यी सबै झूट हुन् । सत्ता मात्र एक अन्तिम सत्य हो । यी सबै फुस्रा रआडम्बरी गफ र फगत फण्डा मात्र हुन् ।

तपाईँको मत