जीवनशैली

पौष महिनामा प्रकृतिमा हुन्छ सकारात्मक परिवर्तन; जसले बढाउँछ जीवन शक्ति, कसरी ?

काठमाडौँ । पौष महिनामा प्रकृतिमा धेरै सकारात्मक बदलाव (परिवर्तन) आउने गर्दछ । यसकारण हामीलाई पनि यो परिवर्तनसँगै तयार हुनु जरुरी हुन्छ । पौष महिनामा जीवन शक्ति र अध्यात्मको स्तर बढाउने सहि समय हुन्छ ।

ज्योतिषशास्त्रीहरुका अनुसार, पौष महिनामा कुनै शुभ कार्य हुँदैन, तर भगवानको उपासना भने गर्न सकिन्छ । विशेषगरी सूर्यको उपासनाको लागि सबैभन्दा राम्रो महिना हो पौष ।

पौष महिनाको महत्व

हिन्दू पञ्चांग अनुसार, दशौँ महिना पौष हो । यो महिनामा हेमन्त ऋतुको प्रभाव रहन्छ र धेरै चिसो हुने गर्दछ । यो महिनामा सूर्य आफ्नो विशेष प्रभावमा रहन्छ । महिनामा मुख्य रुपबाट गरिने सूर्यको उपासना नै विशेष फलदायी हुने गर्दछ । मान्यता यो छ कि यो महिना सूर्य ११ हजार उज्यालोसँगै व्यक्तिलाई उर्जा र उत्तम स्वास्थ्य प्रदान गर्दछन् । पौष महिनामा यदि सूर्यको नियमित उपासना गरेमा सो व्यक्ति पूरै वर्षभरी स्वस्थ र सम्पन्न हुनेछ ।

पौष महिनामा कृष्णपक्षमा गणेश चतुर्थी, रुक्मणी अष्टमी, सफला एकादशी, स्वरुप द्वादशी, प्रदोष व्रत, शिव चतुर्दशी, श्राद्ध अमावस्या र त्यसको अघिल्लो दिन स्नान दानको अमावस्या हुनेछ । यसपछि शुक्लपक्षमा मकर संक्रान्ति, विनायक चतुर्थी, पत्रदा एकादशी, प्रदोष व्रत र स्नान दानको पौष पूर्णिमा हुनेछ ।

यसरी गर्नुहोस् सूर्यको उपासना

  • दैनिक विहान स्नन गरेर सूर्यलाई तामाको पत्रबाट जल चढाउने र फूल राखेर अर्पित गर्ने ।
  • सूर्य मन्त्रः ऊँ आदित्याय नमः को जप गर्नुहोस्। नुनको सेवन कम गर्नुहोस्, यसो गर्दा स्वास्थ्य लाभ मिल्नेछ ।
  • दैनिक सूर्योदयभन्दा पहिले उठ्नुहोस र सूर्यको पूजा गर्नुहोस् ।
  • तिल, गहुँ, सक्खर, उनको बस्त्र, तामाको भाँडा र रातो वस्तु दान गर्नुहोस् ।

गाउँ सहर डेस्क

तपाईँको मत