दृष्‍टिकोण

अहिले बैंकहरुमा तरलताको समस्या भन्दा पनि उच्च व्याजदरको समस्या देखिन्छ

तरलताका सम्वन्धमा केही मिडियाहरुले र जानकारहरुले नै बैकहरुमा तरलताको समस्या छ भनेर एकोहोरो रुपमा भनेर सर्वसाधारणमा ग़लत सूचना प्रवाह गरिएको छ। बैकहरुमा कर्जा योग्य तरलताको समस्या थियो तर राष्ट्र बैकको ताज़ा तथ्यांकहरुले त्यस्तो तरलताको समस्या नभएको देखाउँछ।

अहिले राष्ट्र बैकले पुरानो पुनरकर्जाको भुक्तानी अवधी पछि नयाँ पुनरकर्जा प्रदान गरेको छैन। २०७९ कार्तिकमा पुनरकर्जा वक्यौता क़रीब रु १०५ अर्व भएकोमा अहिले रु ८० अर्वको हाराहारीमा वक्यौता रहेको देखिन्छ यस मध्ये करीब ७०-७५ प्रतिशत पुनरकर्जाको म्याद आगामी पौष ५ र ६ गते सकिेने वुझिएको छ।

२०७९ पौष मसान्त पछि स्थानीय निकायहरुको रकम ८० प्रतिशतको सट्टा ५० प्रतिशत मात्र बैकहरुको निक्षेपमा गणना गर्न पाउने भयकोले यस्को असर रु ३१-३२ अर्वको पर्नेछ। हालको पुनरकर्जा वक्यौता र स्थानीय निकायहरुको निक्षेपको असर समावेश नगर्दा पनि बैकहरुको थप कर्जा दिने क्षमता रु ८६ अर्व हुने देखिन्छ।

२०७९ साउनमा बैकहरुको निक्षेप रू १२३ अर्वले घटेको थियो भने कर्जा रु ९ अर्वले बढेको थियो । त्यसपछि हरेक महिनामा कर्जाभन्दा बढी निक्षेप बढेको छ। चालू महिनामा पनि मंसिर २२ गते सम्म निक्षेप रु ३० अर्वले बढ्दा कर्जा रु २ अर्वले मात्र बढेको छ। चालू आवको झण्डै ५ महिनामा-मंसिर २२ गते सम्म कर्जा रु ४६ अर्वले बढेको छ भने निक्षेप रु ५५ अर्वले बढेको छ। अहिले बैकहरुसँग रहेको कर्जा योग्य तरलता र विगत ४ महिनामा कर्जाको तुलनामा निक्षेप उल्लेख्य रुपमा बढेको (निक्षेप वृद्धि: रु ७८ अर्व र कर्जा वृद्धि: रु ३७ अर्व) परिदृश्यमा बैकहरुको कर्जा योग्य तरलता सुविधाजनक रहने देखिन्छ। माथिका तथ्यहरुले अहिले बैकहरुमा कर्जा योग्य तरलता अभावको समस्या भन्दा पनि उच्च व्याजदरको समस्या रहेको देखिन्छ।

बैकहरुले आफुसंग रहेको सरकारी सुरक्षणपत्र धितो राखि राष्ट्र बैकबाट लिने रिपो+एसएलएफ रक़मको वक्यौता रकम क्रमश घट्दै २०७९ मंसिर २५ मा रु २६.०१ अर्वमा घटेको छ। यस मध्ये बैकहरुले २०७९ मंसिर १५ गते लियको रिपो रु २० अर्व मंसिर २९ गते चुक्ता भुक्तानी हुनेछ। बैकहरुले २०७९ असार ९ गते राष्ट्र बैकबाट लियको रिपो +एसएलएफको वक्यौता रक़म रु २४७.१८ अर्व थियो। यो रकम अहिले सम्मकै उच्च वक्यौता रकम हो।

चालू आवको शुरुदेखि नै अन्तरबैक व्याजदर वार्षिक ८.५ प्रतिशतको हाराहारीमा भएकोमा केही दिनदेखि मुद्रा बजारमा व्याजदर घट्दै गएको छ। आज २०७९ मंसिर २५ गते अन्तरबैक कारोवार वार्षिक ६.५ प्रतिशतको हाराहारीमा भयको वुझिएको छ। अहिले क़रीब १२-१३ वाणिज्य बैकहरु अन्तरबैक बजारमा सापटी दिन सक्ने अवस्थामा रहेको वुझिएको छ। यस्तो परिस्थितिले आगामी दिनमा (२०७९ मंसिर २६ कै ट्रेजरी विल्सको वोलकवोलमा समेत) सरकारी सुरक्षणपत्रमा समेत व्याजदरमा कमी आउन सक्ने संभावनालाई नकार्न सकिदैन। बैकहरुको थप कर्जा दिन सक्ने सुविधाजनक अवस्था, उच्च व्याजदर आदीका कारणले कर्जाको मागमा कमि, बैकहरुले राष्ट्र बैकबाट लिने रिपो+एसएलएफमा उल्लेख्य गिरावट, अन्तरबैक व्याजदरमा उल्लेख्य गिरावट आदिका कारणले आगामी २०७९ पौष १ गतेबाट लागु हुने गरि निक्षेपको व्याजदर राम्रै घट्ने देखिन्छ। वार्षिक १२.१३३ प्रतिशतमा निक्षेप लियर अन्तरबैक बजारमा वार्षिक ६.५ प्रतिशतको हाराहारीमा सापटी दिनुको कुनै अर्थ राख्दैन।

२०७९ मंसिर २२ को राष्ट्र बैकको तथ्याँक अनुसार बैंक तथा वित्तीय संस्थाहरुको (यस पछि “बैकहरु” भनियको) कर्जा निक्षेप अनुपात ८६.४१ प्रतिशत छ। यस्का आधारमा र बैकहरुले ९० प्रतिशतको कर्जा निक्षेप अनुपात सम्म कर्जा दिन सक्ने भएकोले बैंकहरुले थप क़रीब रु १९८ अर्व कर्जा दिन सक्ने देखिन्छ।

गत आवको पछिल्लो ६ महिनामा बैकहरुको कर्जा वृध्दी रु ३३ अर्वले मात्र बढेको र चालू आवको मंसिर २२ सम्म रू ४६ अर्व (झण्डै ११ महिनामा कर्जा वृद्धि: रु ७९ अर्व) मात्र भयको सन्दर्भमा माथि उल्लेख भयको बैकहरुको थप कर्जा दिन सकिने क्षमता रकम रू १९८ अर्व उल्लेखनीय हो। (बैंकर क्षेत्रीले सामाजिक सञ्जालमा राखेकाे विचार)

तपाईँको मत