अन्तिम चरणमा पुगेको समानुपातिक तर्फको गणनामा कसले कति पाए ?
- गाउँ सहर संवाददाता
- १८ मङ्सिर आइतबार, २०७९ | १५:५९:०० मा प्रकाशित

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । आइतबार मध्यह्नसम्ममा १ करोड ४ लाख २० हजार १२५ मत गनेर सकिएको छ ।
प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुग्दा नेकपा एमालेले अग्रता कामयै राखेको छ भने नेपालीका कांग्रेस दोस्रो स्थानमा नै सीमित रहेको छ । नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी क्रमस तेस्रो र चौथो नम्बरमा रहेका छन् । सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले पनि थ्रेसहोल्ड नकटाउने देखिएको छ ।निर्वाचन आयोगले आफ्नो वेबसाइटमा राखेको विवरण अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ सबैभन्दा कम मत पाउनेमा नेश्नलिष्ट पिपल्स पार्टी छ । सो पार्टीले दुई हजार १५ मत पाएको छ । यो सूचीअनुसार त्यसपछि कम मत पाउनेमा राष्ट्रिय नागरिक पार्टी छ । राष्ट्रिय नागरिकले दुई हजार १४३ मत ल्याएको छ ।
नेपाल कम्युनिष्ट पार्टी परिवर्तनले दुई हजार १९१, नेपाल समावेश पार्टीले दुई हजार ९५२, मौलिक जरोकिलो पार्टीले तीन हजार २३५, राष्ट्रिय मुक्ति आन्दोलन, नेपालले तीन हजार ३३२ मत पाएका छन् । यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले तीन हजार ४०४, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले तीन हजार ६९४, एकीकृत शक्ति नेपालले तीन हजार ७७६ र विवेकशील साझा पार्टीले चार हजार ३९ मत ल्याएका छन् । अरू दलले पाँच हजारभन्दा बढी मत पाएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रविको नागरिकता अवैध ठहर गर्ने सर्वोच्चको आदेशमा यस्ताे छ (फैसलाको पूर्णपाठ)
- गृहमन्त्री रवि लामिछानेको नागरिकता सर्वाेच्चद्वारा अवैध ठहर, सांसद पद गयाे
- विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गर्दै ग्लोबल आइएमई बैंक
- राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी, परेनन् सन्दीप र देव
- गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसला हुँदै
- माघ २३ मा राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन हुने
- धनगढीमा खुल्यो कन्स्ट्रक्सन सोलुसन्सको नयाँ शाखा
- गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सकियो
- जयराम हुमागाई र सीता दुलालकाे सांगीतिक काेशेली ‘किस्ता किस्ता गरेर नलुट’ [भिडियोसहित]
- माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु
प्रतिकृया दिनुहोस