राजनीति
स्याङ्जा-२ मा कांग्रेसका धनराज गुरूङकाे अग्रता कायमै
- गाउँ सहर संवाददाता
- १७ मङ्सिर शनिबार, २०७९ | ०७:३४:०० मा प्रकाशित
वालिङ । स्याङ्जा २ मा गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् ।
स्याङ्जा निर्वाचन क्षेत्र नं. २ मतगणना भइरहेको छ । पछिल्लो नतिजा अनुसार नेपाली काँग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन् । उनले नेकपा (एमाले) की पद्मा कुमारी अर्याललाई दुई हजार ७१ मतले पछि पारेका छन् ।
काँग्रेसका गुरुङले २२ हजार १२० मत पाउँदा एमालेकी अर्यालको २० हजार ४९ मत रहेको छ । यस्तै स्याङ्जा २ मा स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले सात हजार ३२ मत प्राप्त गरेका छन् ।
प्रदेश (क) को भने गणना सम्पन्न भइसकेको छ । जसमा काँग्रेसका भोजराज अर्याल विजयी भएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस