सुनसरी-४ मा कांग्रेसका ज्ञानेन्द्र कार्की पछि परे, स्याङ्जा-२ मा धनराज गुरुङ अघि लागे
- गाउँ सहर संवाददाता
- १५ मङ्सिर बिहीबार, २०७९ | ०९:०९:०० मा प्रकाशित
काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले अगाडि लागेको छ ।
एमालेका उमेदवार जगदिशप्रसाद कुसियैतले २९ हजार ९६६ मत पाएका छन् । नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीका पक्षमा २९ हजार ९३९ मत खसेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।
उता स्याङ्जा २ मा पछिल्लो मत गणनामा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् ।
अहिलेसम्म गल्याङ नगरपालिकाको ६ र ७ नम्बर वडा तथा भीरकोट नगरपालिकाको ५, ६, ७ र ८ नम्बर वडाको मत गणना भइरहेको छ ।
काठमाडौं । स्याङ्जा २ मा पछिल्लो मत गणनामा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् ।
अहिलेसम्म गल्याङ नगरपालिकाको ६ र ७ नम्बर वडा तथा भीरकोट नगरपालिकाको ५, ६, ७ र ८ नम्बर वडाको मत गणना भइरहेको छ ।
पछिल्लो विवरणअनुसार गुरुङले ३९०१ मत प्राप्त गर्दा एमालेकी पद्मा अर्यालले ३२४७ मत प्राप्त गरेकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७६१ मत प्राप्त गरेका छन् । अहिलेसम्म ८४६५ मत गणना भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
प्रतिकृया दिनुहोस