नेपाल राष्ट्र बैंकले ६ वटा बैंकलाई कारबाही
- गाउँ सहर संवाददाता
- १३ मङ्सिर मंगलबार, २०७९ | १४:४४:०० मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा बैंकलाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियमविपरीत कर्जाको प्रिमियम बढाएको भन्दै सनराइज, हिमालयन, मेगा, ग्लोबल आईएमई बैंक, बैंक अफ काठमाडौं (बीओके) र कृषि विकास बैंकलाई कारबाही गरेको हो ।
बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ को निर्देशन नं. १५ (३) (८) मा भएको व्यवस्थाविपरीत प्रिमियत दर घटबट गरेको पाइएपछि कारबाही गरेको राष्ट्र बैंकले जनाएको छ ।
बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा प्रवाह गरेपश्चात् प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न पाइने छैन भन्ने व्यवस्था निर्देशनमा छ ।
तर, यस्तो व्यवस्थाको वेवास्ता गर्दै बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ को निर्देशन नं. १५ (३) (८) मा भएको व्यवस्थाविपरीत कर्जाको प्रिमियम घटबढ गरेको पाइएकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क)बमोजिम प्रथमपटक बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, सोही निर्देशनको नं. १५ (३) (५) विरुद्ध आधार दर भन्दा कम ब्याजदरमा कर्जा प्रवाह गर्ने सनराइज बैंक र मेगा बैंकलाई आइन्दा गल्ती नदोहोर्याउन सचेत गराइएको छ ।
यसैगरी प्रमुख कार्यकारी अधिकृत अवकाश हुँदा थप सुविधा उपलब्ध गराउने सनराइज र कर्जाको नियमित नवीकरण, नोक्सान व्यवस्थापन र निरन्तर कर्जा भुक्तानीको सीमा बढाउने मेगालाई बैंकले सचेत गराइएको जनाएको छ ।
यता तोकिएको क्षेत्रअन्तर्गत तोकिएको कर्जा सीमामा कर्जा वितरण नगर्ने बैंक अफ काठमाडौँलाई २ करोड ११ लाख ८५ हजार ६० रुपैयाँ ६७ पैसा र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कृषि विकास बैंकलाई २० लाख रुपैयाँ जरिवाना गरेको राष्ट्र बैंकले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
प्रतिकृया दिनुहोस