आदर्श क्लबको रक्तदानमा ९६ यूनिट रगत संकन।
- गाउँ सहर संवाददाता
- १२ मङ्सिर सोमबार, २०७९ | १९:१३:०० मा प्रकाशित

पाेखरा । पोखरा–२९ भण्डारढिक स्थित आर्दश यूवा क्लवले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको २३ अाै रक्तदान कार्यक्रममा ९६ यूनिट रगत संकलन भएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २९ का अध्यक्ष श्रीप्रसाद गुरुङले पहिलो रक्तदाता सुरजजङ्ग राणालाई ब्लग ब्याग हस्तान्तरण गरेर शुभारम्भ गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङ्गले खेलकुदको क्षेत्रमा क्लबले गर्दै आएको कार्यको प्रशंसा गर्दै क्लबको स्वामित्वमा रहेको रंगशालाको स्तरोन्नती र कर्बडहलको निर्माणको लागि वडाको तर्फबाट सबै पक्षसँग समन्वय गरी अगाडि वढ्ने वताए। लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले खेलकुदको क्षेत्रमा सबैभन्दा परिचित क्लव आर्दश यूवा क्लवले रक्तदान जस्तो महादान र जीवनदानको कार्य गरेकोमा प्रशंसा गर्दै भोलिका दिनमा अझै उत्कृष्ट कार्य गर्न सकोस भन्ने शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष एवं वडा नं. २९ का पुर्वअध्यक्ष चेत बहादुर गुरुङ्ग, जनप्रकाश बहुमुखी क्याम्पसका प्रमुख ऋषिराम बुढाथोकी, सिद्ध टोल विकास संस्थाका अध्यक्ष रामजी पौडेल, सैनिक वस्ती ग्रुप नं. १ समाजका अध्यक्ष सुवेदार चन्द्र बहादुर गुरुङ्ग लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष पदम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमका संयोजक कर्ण बहादुर गुरुङले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव ओमप्रकाश गुरुङ्गले गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस