नेप्सेमा गिरावट, बढ्ने गतिले पाएन निरन्तर्ता
- गाउँ सहर संवाददाता
- १२ मङ्सिर सोमबार, २०७९ | १५:०८:०० मा प्रकाशित
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दाेस्रो कारोबारको दिन आज साेमबार घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन आइतबार ३०.२५ अंकले बढेर बन्द भएको नेप्से, यस दिन १५.६१ अंक घटेर १९५०.३७ विन्दुमा झरेको छ।
यस दिन कारोबार रकम भने बढेको छ। यस दिन २३६ स्टकको कारोबारमा १ अर्ब ४९ करोड ४३ लाख ९४ हजार ६१३.६६ रुपैयाँ बराबरको ३७ लाख ६१ हजार २९९ कित्ता शेयर खरिदबिक्री भएको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब ६५ अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलब ६१ मा सीमित भएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।
कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १६ करोड ४६ लाख ४२ हजार सात सय पाँच मूल्यमा कारोबार भयो । नवील बैङ्क रु सात करोड २४ लाख ५८ हजार चार सय चार, शिवम् सिमेन्ट रु छ करोड १६ लाख ६२ हजार सात सय ४८, एभरेष्ट बैङ्क रु पाँच करोड ९८ लाख ३१ हजार आठ सय ६१ र साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क रु पाँच करोड ८८ लाख ४४ हजार तीन सय ८५ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।
नेप्सेका अनुसार खप्तड लघुवित्त आठ दशमलब १८, गरिमा विकास बैङ्कको ऋणपत्र छ दशमलब ११, नेपाल ल्यूब आयल छ दशमलब शून्य नौ, सिटिजन म्युचुअल फण्ड तीन दशमलब ८८ र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले तीन दशमलब १६ प्रतिशतले कमाएका छन् ।
त्यस्तै, सिनर्जी पावर डेभलपमेन्ट चार दशमलब ५६, ओरियन्टल होटल चार दशमलब ३१, जानकी फाइनान्स तीन दशमलब ९६, नेपाल एसबीआई बैङ्कको ऋणपत्र तीन दशमलब ९६ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रोका लगानीकर्ताले तीन दशमलब ९१ प्रतिशतले गुमाएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस