हालसम्म समानुपातिकतर्फ कुन दलको कति मतान्तरले अग्रता ?
- गाउँ सहर संवाददाता
- ९ मङ्सिर शुक्रबार, २०७९ | १३:४०:०० मा प्रकाशित

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ ।
पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ । निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणअनुसार एमालेले ११ लाख २१ हजार दुई सय २१ मत प्राप्त गरेको छ ।
दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसको १० लाख ६३ हजार नौ सय ५७ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या पाँच लाख ३१ हजार पाँच सय २० रहेको छ ।
नेकपा (माओवादी केन्द्र)को चार लाख ८६ हजार ९१, राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई लाख ८० हजार एक सय पाँच, जनता समाजवादी पार्टी नेपालको एक लाख ३१ हजार आठ सय १०, नेकपा (एकीकृत समाजवादी)को ८० हजार तीन सय दुई, जनमत पार्टीको ८० हजार दुई सय ३२, नागरिक उन्मुक्ति पार्टीको ७९ हजार सात सय ५२, नेपाल मजदुर किसान पार्टीको ५७ हजार सात सय ७०, लोकतान्त्रिक समाजवादी नेपालको ५६ हजार दुई सय २१, हाम्रो नेपाली पार्टीको ३३ हजार चार सय १९ मत, राष्ट्रिय जनमोर्चाको ३० हजार ६२ मत रहेको निर्वाचन आयोगले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
प्रतिकृया दिनुहोस