विश्वकप महाकुम्भ

ब्राजिललाई जित दिलाउन रिचर्डलिसनले दुई गोल गरे

रिचर्डलिसनको दुई गोलको सहयोगमा ब्राजिलले विश्वकपको पहिलो खेलमा सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा ब्राजिलले सर्बियालाई २–० गोल अन्तरले हराएको हो ।

ब्राजिललाई जित दिलाउन रिचर्डलिसनले दुई गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको ब्राजिलले दोस्रो हाफमा दुई गोल गरेको हो ।  खेलको ६२ औं मिनेटमा लिचर्डलिसनले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

 

रिचर्डलिसनले खेलको ७३ औं मिनेटमा गोल गर्दै ब्राजिललाई २–० गोलको जित दिलाए ।  जितसँगै समूह जी को ब्राजिलले ३ अंक जोडेको छ । यता सर्बियाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत