दिगोविकास

शेयर बजार: नेप्सेमा सामान्य वृद्धि, घट्याे कारोबार रकम

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम कारोबारको दिन आज बिहिबार सामान्य अंकले बढेको छ । 

आज नेप्से ११.५६ अंकले बढेर एक हजार ९ सय ३३ दशमलब ५५ विन्दुमा बन्द भएको हो । बुधबार नेप्से ७.७२ अंक घटेर १९२१.९९ विन्दुमा बन्द भएको थियो ।  

 यस दिन कारोबार रकम भने घटेको छ ।  बजारमा यस दिन २३२ स्टकको कारोबारमा ९२ करोड ५१ लाख ७४ हजार ३८०.४५ रुपैयाँ बराबरको २५ लाख ६९ हजार २२९ कित्ता शेयर खरिदबिक्री भएको छ ।

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत