पाँचवटा दलले ‘थ्रेसहोल्ड’ पार गरे
- गाउँ सहर संवाददाता
- ८ मङ्सिर बिहीबार, २०७९ | १२:४५:०० मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको अहिलेसम्म १९ लाख १२ मत गणना भएको छ । ‘थ्रेसहोल्ड’ पार गर्ने दल पाँचवटा मात्रै छन् ।
प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत ‘थ्रेसहोल्ड’ को व्यवस्था छ । थ्रेसहोल्ड पार गर्ने दलमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् ।
आयोगको पछिल्लो विवरण अनुसार दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४ लाख ६८ हजार मत पाएको छ भने तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले २ लाख ६० हजार मत पाएको छ ।
चौथो स्थानको माओवादी केन्द्रले अहिलेसम्म २ लाख २८ हजार मत पाएको छ । १ लाख ३६ हजार मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौ नम्बरमा रहँदा छैटो स्थानको जसपा नेपालले ५७ हजार मत कटाएको छ । नेमकिपाले ४७ हजार मत कटाउँदा नागरिक उन्मुक्ति पार्टीले ३३ हजार, जनमत पार्टी ३० हजार, र नेकपा एकिकृत समाजवादीले ३१ हजार मत ल्याएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस