पाँचवटा दलले ‘थ्रेसहोल्ड’ पार गरे
- गाउँ सहर संवाददाता
- ८ मङ्सिर बिहीबार, २०७९ | १२:४५:०० मा प्रकाशित
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको अहिलेसम्म १९ लाख १२ मत गणना भएको छ । ‘थ्रेसहोल्ड’ पार गर्ने दल पाँचवटा मात्रै छन् ।
प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत ‘थ्रेसहोल्ड’ को व्यवस्था छ । थ्रेसहोल्ड पार गर्ने दलमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् ।
आयोगको पछिल्लो विवरण अनुसार दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४ लाख ६८ हजार मत पाएको छ भने तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले २ लाख ६० हजार मत पाएको छ ।
चौथो स्थानको माओवादी केन्द्रले अहिलेसम्म २ लाख २८ हजार मत पाएको छ । १ लाख ३६ हजार मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौ नम्बरमा रहँदा छैटो स्थानको जसपा नेपालले ५७ हजार मत कटाएको छ । नेमकिपाले ४७ हजार मत कटाउँदा नागरिक उन्मुक्ति पार्टीले ३३ हजार, जनमत पार्टी ३० हजार, र नेकपा एकिकृत समाजवादीले ३१ हजार मत ल्याएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस