म्यादी प्रहरीलाई आज बिदाइ गरिँदै
- गाउँ सहर संवाददाता
- ८ मङ्सिर बिहीबार, २०७९ | ०६:४७:०० मा प्रकाशित
काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि मङ्सिर ४ गते भएको निर्वाचन सुरक्षामा खटिएका एक लाख १५ हजार म्यादी प्रहरी (अस्थायी)को बिहीबार (आज) बिदाइ गरिँदै छ ।
गृह मन्त्रालयले तयार पारेको विशेष सुरक्षा योजनाअन्तर्गत निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गरिएको थियो । नेपाल प्रहरीले गत असोज ३० गते ७७ वटै जिल्लाबाट एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गरेको थियो ।
नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बिहीबार म्यादी प्रहरीको बिदाइ गरिने जानकारी दिए । उनकाअनुसार म्यादी प्रहरीलाई धन्यवाद तथा प्रमाणपत्रसहित बिदाइ गरिने तयारी छ । निर्वाचन सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गरिएको थियो ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा सम्पन्न गर्दा सुरक्षा जनशक्ति अपुग हुने देखिएपछि म्यादी प्रहरी भर्ना गरिएको थियो । ४० दिनका लागि भर्ना भएका म्यादी प्रहरीले छोटो तालिमको अनुभवबाट उत्कृष्ट कार्य सम्पादन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा करिब दुई लाख ६५ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । यसपटकको निर्वाचनमा मतदाता, मतदान केन्द्र तथा मतपेटिकाको सङ्ख्या वृद्धि भएपछि झन्डै तीन लाखको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
गृह मन्त्रालयले म्यादी प्रहरीको भर्ना, छनोट तथा परिचालनको जिम्मेवारी नेपाल प्रहरीलाई तोकेको थियो । म्यादी प्रहरीलाई ३४ हजार ७६० रुपियाँ पारिश्रमिक, खाद्यान्न भत्ताबापत सात हजार दुई सय रुपियाँ एकमुष्ट उपलब्ध गराई बिदाइ गर्ने तयारी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
प्रतिकृया दिनुहोस