अर्थतन्त्र

ग्लोबल आइएमई र बैङ्क अफ काठमाडौँ समान हैसियतमा गाभिने

  • २७ कार्तिक आइतबार, २०७९ | १४:१४:०० मा प्रकाशित

काठमाडौँ I ग्लोबल आइएमई बैङ्क र बैङ्क अफ काठमान्डु समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने भएका छन् ।

मर्जरमा जाने निर्णय गरेका दुवै बैङ्कको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन र अन्य विविध पक्षको विश्लेषणका आधारमा समान हैसियत रहने भएको हो ।

अर्थात् बैङ्क अफ काठमान्डुमा एक सय कित्ता सेयर हुनेले मर्जरपछि पनि एक सय कित्ता नै सेयर पाउने कम्पनी सचिव दीपक गौतमले जानकारी दिए ।

सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई समेत जानकारी गराएको छ । दुवै बैंकले गत असार २ गते मर्जरमा जानका लागि सम्झौता गरेका थिए ।

मर्जरपछि कुल चुक्ता पुँजी रु ३४ अर्ब ४१ करोड ९७ लाख ४७ हजार ६०० पुग्नेछ । 

तपाईँको मत