गाउँ सहर

पात्र फेरिए तर सिंहदरबारकै अवस्था उस्तै (फाेटाेफिचर)

  • ५ कार्तिक शनिबार, २०७९ | १०:१६:०० मा प्रकाशित

काठमाडौं । हरेक पाँच वर्षमा सिंहदरबार पस्ने पात्र फेरिए तर स्वयं सिंहदरबारको अवस्था उस्तै छ । बाहिर चिटिक्क सिंगारिए पनि सिंहदरबार भित्रका दृश्यहरू फेरिन सकेका छैनन् । न काम गर्ने शैली फेरियो न त त्यसको इतिहास बचाउन कसैको ध्यान पुगेको नै छ ।

वि.सं.२०७२ वैशाख १२ गतेको भूकम्पपछि भत्किएका संरचनाहरूको अझै पुनःनिर्माण सकिएको छैन । नेपालको इतिहास झल्काउने राजामहाराजको फोटो, सालिक, मूर्तिहरु फालिएको अवस्थामा छन् । केही ठाउँमा पानी चुहिएर अवस्था बेहाल छ । गृह मन्त्रालयले यसको संरक्षण दायित्व लिएको छ भने सिंहदरबारलाई सफा राख्ने काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको छ । सिंहदरबार पुनःनिर्माण  आयोजनाले यहाँ भवन बनाउने काम गर्छ । तर, आश्चर्य यी तीन निकायबीच समन्वय हुन नसक्दा पुनःनिर्माणले गति लिन सकेको छैन ।

सिंहदरबारभित्र जो कोही नागरिक पस्न पाउँदैन । पावर र पास बिना सिंहदरबार छिर्ने कल्पनासमेत गर्न सकिँदैन । आम नागरिकले सिंहदरबार कस्तो छ भन्नेकुरा पत्तै पाएका छैनन् । प्रधानमन्त्री, मन्त्रीहरूको कार्यालय रहेको ठाउँ आम सर्वसाधारणको नजरमा सुविधासम्पन्न र नमूना होला भन्ने लाग्छ नै । तर, सोचजस्तो छैन सिंहदरबार । न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका सिंहदरबारभित्रका केही दृश्यहरू । 


 

तपाईँको मत