अनुसन्धान भन्छ – महिलाले ५० वर्ष पुराना शब्द पनि सम्झन सक्छन्
- गाउँ सहर संवाददाता
- ३१ असोज सोमबार, २०७९ | १४:०९:०० मा प्रकाशित
काठमाडाैँ । महिलामा ५० वर्ष पुग्दा पनि शब्द सम्झने क्षमता हुन्छ । उनीहरुको दिमाग पुरुषको तुलनामा बढी सक्रिय हुन्छ । नर्वेको बर्गेन विश्वविद्यालयमा गरिएको एक अनुसन्धानमा यो खुलासा भएको हो । अनुसन्धानका लागि टोलीले विगत केही वर्षदेखि पुरुष र महिलाको मानसिक क्षमताको तथ्याङ्क सङ्कलन गरेको थियो ।
यसको मेटा-विश्लेषणमा, ३ लाख ५० हजार भन्दा बढी सहभागीहरूको डाटा लिइएको थियो । अहिलेसम्मको यो सबैभन्दा ठूलो डाटा रिसर्चमा महिलामा धाराप्रवाह बोल्ने क्षमता बढी रहेको खुलासा भएको छ ।
महिलाको स्मरण शक्ति पनि पुरुषको तुलनामा राम्रो हुन्छ । महिलाहरू निश्चित अक्षर वा वर्गबाट सुरु हुने नाम र शब्दहरू खोज्न र सम्झनमा राम्रो हुन्छन् । अन्वेषक मार्को हिर्सटाइनले बौद्धिक सीपको हिसाबले महिला र पुरुषबीच कुनै भिन्नता नभएको विश्वास व्यक्त गरेका छन् । महिलाहरूमा मस्तिष्कको कोर्टेक्स र लिम्बिक प्रणालीमा रगतको प्रवाह बढी हुन्छ र तरल पदार्थको मात्रा पनि बढी हुन्छ, जसका कारण उनीहरूको मस्तिष्क पुरुषको तुलनामा बढी सक्रिय हुन्छ ।
स्वीडेनको कारोलिन्स्का इन्स्टिच्युटको अर्को अनुसन्धानका अनुसार महिलाहरु अनुहार सम्झनमा पनि राम्रो हुन्छन् । यद्यपि, यो निद्राको कमी, अवसाद वा बुढ्यौलीबाट प्रभावित हुन सक्छ । त्यति मात्र होइन, महिलाहरू अनुहार र गन्ध जस्ता संवेदी सम्झनाहरूमा पनि राम्रो हुन्छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
प्रतिकृया दिनुहोस