अनुसन्धान भन्छ – महिलाले ५० वर्ष पुराना शब्द पनि सम्झन सक्छन्
- गाउँ सहर संवाददाता
- ३१ असोज सोमबार, २०७९ | १४:०९:०० मा प्रकाशित

काठमाडाैँ । महिलामा ५० वर्ष पुग्दा पनि शब्द सम्झने क्षमता हुन्छ । उनीहरुको दिमाग पुरुषको तुलनामा बढी सक्रिय हुन्छ । नर्वेको बर्गेन विश्वविद्यालयमा गरिएको एक अनुसन्धानमा यो खुलासा भएको हो । अनुसन्धानका लागि टोलीले विगत केही वर्षदेखि पुरुष र महिलाको मानसिक क्षमताको तथ्याङ्क सङ्कलन गरेको थियो ।
यसको मेटा-विश्लेषणमा, ३ लाख ५० हजार भन्दा बढी सहभागीहरूको डाटा लिइएको थियो । अहिलेसम्मको यो सबैभन्दा ठूलो डाटा रिसर्चमा महिलामा धाराप्रवाह बोल्ने क्षमता बढी रहेको खुलासा भएको छ ।
महिलाको स्मरण शक्ति पनि पुरुषको तुलनामा राम्रो हुन्छ । महिलाहरू निश्चित अक्षर वा वर्गबाट सुरु हुने नाम र शब्दहरू खोज्न र सम्झनमा राम्रो हुन्छन् । अन्वेषक मार्को हिर्सटाइनले बौद्धिक सीपको हिसाबले महिला र पुरुषबीच कुनै भिन्नता नभएको विश्वास व्यक्त गरेका छन् । महिलाहरूमा मस्तिष्कको कोर्टेक्स र लिम्बिक प्रणालीमा रगतको प्रवाह बढी हुन्छ र तरल पदार्थको मात्रा पनि बढी हुन्छ, जसका कारण उनीहरूको मस्तिष्क पुरुषको तुलनामा बढी सक्रिय हुन्छ ।
स्वीडेनको कारोलिन्स्का इन्स्टिच्युटको अर्को अनुसन्धानका अनुसार महिलाहरु अनुहार सम्झनमा पनि राम्रो हुन्छन् । यद्यपि, यो निद्राको कमी, अवसाद वा बुढ्यौलीबाट प्रभावित हुन सक्छ । त्यति मात्र होइन, महिलाहरू अनुहार र गन्ध जस्ता संवेदी सम्झनाहरूमा पनि राम्रो हुन्छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस