घुम्टे युवा परिवार जापान शाखाद्वारा खेलकुद सामग्री सहयोग
- गाउँ सहर संवाददाता
- १६ असोज आइतबार, २०७९ | १२:४७:०० मा प्रकाशित

बागलुङ । सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म र घुम्टे युवा परिवार जापान शाखाको आयोजनामा नेपाल भलिबल संघ गलकोट नगर समिती अन्तर्गत ११ वडाका समितीलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।
राष्ट्रको लागि खेलकूद र स्वास्थ्यको लागि खेलकूद भन्ने नेपाल सरकारको मुल नारालाई साकार पार्ने उद्येश्यले नगद रु १ लाख ५० हजारको खेलकुद सामग्री सहयोग हस्तान्तरण गरिएको घुम्टे युवा परिवार जापान शाखाका अध्यक्ष दिनेश थापाले बताए । गलकोट नगरको खेलकुद विकास सँगै खेलाडीहरुलाई भलिबल खेलप्रति आकर्षित गर्दै थप प्रोत्साहन गर्न खेलकुद सामग्री सहयोग गरिएको उनले बताए ।
कार्यक्रममा गलकोट नगरपालिका सामाजिक विकास समितीका संयोजक एवं नगर प्रवक्ता हिम बहादुर भण्डारी, नेपाल भलिबल संघ बागलुङका अध्यक्ष योगेश भण्डारी, नेपाली काँग्रेस गलकोट नगर सभापति विरजंग भण्डारी, घुम्टे युवा परिवार जापान शाखाका सचिव तुलविर थापाले मन्तव्य राखेका थिए ।
कार्यक्रममा गलकोट नगरपालिकाका ११ वटै वडाका नेपाल भलिबल संघको वडा समितीलाई २ थान बल, १ थान नेट र १ थान पम सहयोग हस्तान्तरण गरिएको थियो । सो अवसरमा गलकोट नगरमा खेलकुदको विकास, समस्या र चुनौतिको विषयमा अन्तरकृया समेत गरिएको थियो । कार्यक्रम घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
नेपालको राष्ट्रिय खेल भलिबललाई विदेशी भुमीमा रहेर पनि प्रर्वद्धन, संरक्षण र विकास गर्दै जापानमा रहेका खेलाडीहरुलाई खेल क्षेत्रमा थप क्रियाशिल गराउने उद्येश्यका साथ संस्थाले प्रथम सिल्भर रनिङ कप खुल्ला पुरुष भलिवल प्रतियोगिता समेत सम्पन्न गरेको छ

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस