ऐतिहासिक सिन्धुलीगढीको २५५ औं विजय दिवस चित्रकथा सार्वजनिक
- गाउँ सहर संवाददाता
- १६ असोज आइतबार, २०७९ | ०९:५७:०० मा प्रकाशित
सिन्धुली । सिन्धुलीगढीमा तत्कालीन अंग्रेजी फौजलाई परास्त गरेको दिनको सम्झनामा शनिवार आयोजित विजयोत्सवका अवसरमा सिन्धुलीगढी चित्रकथा सार्वजनिक गरिएको छ ।
समृद्ध सिन्धुली अभियान, स्टोरी साइकल र सिन्धुलीय श्रेष्ठ समाजले प्रकाशन गरेको चित्रकथा कमन्ताहरु लीलानाथ घिमिरे, हरिकृष्ण श्रेष्ठ, भुवन थापालगायतले सिन्धुलीगढीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरे ।
सिन्धुलीगढी भारतमा शासन गरिरहेको तत्कालीन अंग्रेज सेनालाई काठमाडौंतर्फ आउँदै गर्दा गोर्खाली फौजले पराजित गरेर लखेटेको ऐतिहासिक स्थल हो । पृथ्वीनारायण शाहको नेपाल एकिकरण अभियानलाई रोक्न आएका अंग्रेजी फौजलाई विक्रम संवत् १८२४ कोअसोज १५ गते वीर गोर्खालीले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा लडेर परास्त गरेका थिए ।
संसारमा आफ्नो साम्राज्य खडा गर्न अगाडि बढेको बेलायती साम्राज्यलाई परास्त गरेको सम्झनामा हरेक वर्ष असोज १५ गते विजयोत्सव मनाइन्छ । सिन्धुलीगढी किल्ला विक्रम संवत्को १४ औं सताब्दीमा स्थापना भएको इतिहासकारहरुको भनाइ छ ।
सिन्धुलीगढीको संरक्षण गर्ने जिम्मेवारी लिएको कमलामाई नगरपालिकाले भने गलत मितिमा विजयोत्सव मनाउने गरेको छ । उसले इतिहासलाई बंग्याउने काम गरेको इतिहासविद्हरुले बताउँदै आएका छन् । इतिहासकारहरुसँगको छलफलपछि समृद्ध सिन्धुली अभियानले अंग्रेजलाई परास्त गरेको दिन असोज १५ प्रमाणित भएकाले त्यही दिन बिजयोत्सव मनाउन थालेको हो ।
कमलामाई नगरपालिकाकी उपप्रमुख देवकोटाले पहिले गलत मितिमा विजय दिवस मनाइँदै आए पनि अब असोज १५ मा अंग्रेजी सेनालाई परास्त गरेको इतिहास प्रमाणित भइसकेकाले सोही मितिमा विजय दिवस मनाउनु पर्ने बताइन् । उनले नगरपालिकाको बोर्डमा आफूले सही मितिमा विजय दिवस मनाउन प्रस्ताव गर्ने बताउँदै इतिहहासलाई कसैले पनि बंग्याउनु नहुने उल्लेख गरिन् ।
.jpeg)
कार्यक्रममा समृद्ध सिन्धुली अभियानका अभियन्ता लीलानाथ घिमिरेले अंग्रेजलाई परास्त गरेकै मितिमा मितिमा बिजय दिवस मनाउनु पर्ने बताउँदै बिजयोत्सव भने बर्षभरि मानाउन सक्ने बताए । उनले समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबर्धन गर्न विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै कमलामाई नगरपालिकासँग मिलेर यसको विकासमा सहकार्य गर्न चाहेको बताए ।
अर्का अभियन्ता हरिकृष्ण श्रेष्ठले अभियानले सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको दिनको सम्झनामा काठमाडौंदेखि सिन्धुलीगढीहुँदै जनकपुरसम्म हरेक बर्ष गर्दै राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा गर्दै आएको जानकारी दिँदै कोभिड महामारीका कारण रोकिएको साइकल यात्रा आगामी फागुनमा साइकल यात्रा गर्ने योजना अभियानले बनाएको जानकारी दिए ।
साइकल यात्रामार्फत ऐतिहासिक सिन्धुलीगढीको प्रबर्धन गर्न अभियानले ब्यसाययिक यात्रा गराउन थालेको हो ।
अभियानले सिन्धुलीगढीको प्रबर्धन गर्न पर्यटन बोर्डसँग मिलेर काठमाडौंलगायत देशका विभिन्न स्थानमा तस्बिर प्रदर्शनी फोटो सिन्धुली आयोजना गरेको छ।
यसैगरी सिन्धुलीका दुई वटा ऐतिहासिक गढीहरु हरिहरपुर गढी र सिन्धुलीगढी जोड्ने पदमार्ग निर्माणको कामको पनि अभियानले थालनी गरेको थियो । अभियानले पहिलो खण्ड हरिहरपुरगढीको घण्टेदेखि मरिण गाउँपालिकाको सीमाना सेपाहासम्म पदमार्ग निर्माण सम्पन्न गरेको छ। पृथ्वीनारायण साहकी पत्नी इन्द्रकुमारीले घन्ट चढाएको घण्टेस्थित महादेवको मन्दिरबाट पदमार्ग निर्माण गरिएको हो।
यस्तै काभ्रेको नमोबुद्धदेखि ऐतिहासिक सिन्धुलीगढीहुँदै सिन्धुलीकै फिक्कलसम्म महाभारतडाँडैडाँडा पदमार्गको पनि अभियानले अध्ययन गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
प्रतिकृया दिनुहोस