गलकोटमा लक्ष्मी बैंकको शाखा विस्तार
- गाउँ सहर संवाददाता
- १२ असोज बुधबार, २०७९ | १६:१९:०० मा प्रकाशित

काठमाडाैं । नेपाल राष्ट्र बैंकबाट क वर्गको ईजाजत प्राप्त वित्तिय संस्था लक्ष्मी बैंकले गलकोट नगरपालिकामा शाखा विस्तार गरेको छ ।
१४३ औं शाखाको रुपमा गलकोट नगरपालिका वडा नं ३ हटिया बजारमा शाखा संचालनमा ल्याएकोे गलकोट शाखा प्रवन्धक गणेश कार्कीले बताए ।
उनले गलकोट शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पुर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको उल्लेख गरे ।
नयाँ शाखाको सुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल देशका ५० जिल्लामा पुगेको छ । बैंकका अहिले १४३ शाखा, १३ एक्सटेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, १७७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ७१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु रहेका छन ।
शाखा विस्तार सँगै लक्ष्मी बैंकले आफ्नो सेवा अझ थप सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको बताएको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आफनो शाखा सेवा विस्तार गर्दै आएको छ ।
यो शाखाको विस्तार सँगै बैंकले ग्राहकलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस