शेयरबजारमा काराेबार रकम ५० कराेडभन्दा पनि तल, नेप्सेमा झिनाे अंककाे वृद्धि
- गाउँ सहर संवाददाता
- १२ असोज बुधबार, २०७९ | १५:४५:०० मा प्रकाशित

काठमाडाैं । बुधबारकाे शेयरबजारमा उत्साहजनक देखिएन । सामान्य सुधार देखिएको भएपनि कारोबार रकमले लगानीकर्तालाई उत्साहित बनाउन सकेको छैन । पछिल्लो समय बजारमा उतार चढाब आइरहदा कारोबार रकम भने निरन्तर घटिरहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन बुधबार आज सामान्य अंकले बढेको छ । केही दिनदेखि निरन्तर रुपमा ओरालो लागेको शेयरबजारमा मंगलबारदेखि वृद्धि देखिएको हो ।
बुधबार बजार मापन गर्ने सूचक ६.४१ अंकले बढेर परिसूचक १८३७.४६ बिन्दुमा रोकिएको छ । यो दिन २२१ कम्पनीको १३ लाख ७० हजार ४७७ कित्ता सेयर ४८ करोड ५४ लाख ८ हजार ७६७ रुपैयाँको सेयर किनबेच भएको छ । यो दिन कारोबार रकम निकै घटेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.४५ अंकले बढेर ३५९.५९ बिन्दुमा रोकिएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको ३.५५, विकास बैंक १८.१२, जलविद्युत ४.५७, जीवन बीमा २१.०८, उत्पादन तथा प्रशोधन ३४.२९, माइक्रोफाइनान्स ३९.२१, निर्जीबन बीमा समूहको उपसूचक २७.३७ अंकले
कारोबारमा मदाकिनी हाईड्रोपावर, अभियान लघुवित्त वित्तीय संस्था, सपोर्ट माइक्रोफाइनान्स, न्यादी हाईड्रोपावर, पन्चकन्या माई हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१, राप्ती हाईड्रो एण्ड जनरल कन्ट्रक्सन, हिमालयन पावर पार्टनर, बिन्धाबासिनी हाईड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले गुमाएका छन् ।
यो दिन कारोबार रकमका आधारमा नेशनल माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाको ४ करोड ७५ लाख ९७ हजार ८४५ रुपैयाँ सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा नबिल बैंक र रिडी पावर कम्पनी रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
- नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै
प्रतिकृया दिनुहोस