राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता घोषणा, मिश्र अब वरिष्ठ उपाध्यक्ष
- गाउँ सहर संवाददाता
- १२ असोज बुधबार, २०७९ | १५:३३:०० मा प्रकाशित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र रवीन्द्र मिश्र समूहबीच एकता घोषणा भएको छ ।
भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एकता घोषणा भएको हो ।
घोषणापत्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले हस्ताक्षर गरे । त्यसपछि उनीहरुले एक अर्कालाई माला लगाए ।
मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुने सहमतिपत्रमा उल्लेख छ ।
नेता मिश्रले आफैंले स्थापना गरेको पार्टी ठूलो पीडा र अप्ठ्यारोले छाडेको गुनासो गरेका थिए । यस क्रममा उनले पार्टीलाई भन्दा नेताको व्यक्तित्वलाई प्रचार गर्नु पर्ने तर्क गरेका थिए ।
विवेकशील साझा पार्टीबाट निस्किएका नेता तथा कार्यकर्ताहरू र राप्रपाबीच एकता घोषणा सभालाई सम्बोधन गर्दै बुधबार उनले यस्तो बताएका हुन् । यस क्रममा उनले राप्रपामा रहन पाउँदा गौरव महसुस भएको पनि बताए ।
यसैबीच नेता मिश्रले नेपाल पछिल्लो समय भूराजनीतिक केन्द्रमा रहेको र विदेशी हस्तक्षेप बढेको बताएका दाबी गरेका छन् । जसकारण यहाँ द्वन्द्व सिर्जना हुने संकेत देखिएको पनि उनले दाबी गरे । नेपाल कमजोर भएकैले विदेशीहरूले 'ल्यान्ड पावर' भन्ने गरेको उनको भनाइ थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस