अर्थतन्त्र

ताेलाकाे कतिमा हुँदै छ आज सुनचाँदीकाे काराेबार

काठमाडाैं । बिहीबार सुनचाँदी महंगिएको छ । आज असोज ६ गते, सुन तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ पुगेको छ ।

बुधबार भने सुनको भाउ सस्तिएको थियो । त्यस दिन सुन तोलामा ५०० रुपैयाँले गिरावट हुँदा प्रतितोला ९१ हजार ३०० रुपैयाँमा झरेको थियो ।

बिहीबार चाँदीको मूल्य पनि बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार १८५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

अघिल्लो कारोबार दिन, चाँदीको मूल्य घटेको थियो । हिजो चाँदी तोलामा १० रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार १७० रुपैयाँमा किनबेच भएको थियो ।

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत