राष्ट्रपतिको कदमविरुद्ध विद्यार्थी संगठनले निकाले संयुक्त विरोध र्याली
- गाउँ सहर संवाददाता
- ६ असोज बिहीबार, २०७९ | ११:२४:०० मा प्रकाशित

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्ध विराेध गर्दै सत्ता गठबन्धनका युवा संगठनहरूले र्याली निकालेका छन् ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुलगायतले संयुक्त रूपमा माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका हुन् ।
राष्ट्रपति भण्डारीले तोकिएको समयसीमा १५ दिनसम्म नागरिकता विधेयक प्रमाणीकरण नगरेर निष्क्रिय पारिदिएपछि बुधबार बसेकाे गठबन्धनको बैठकले ‘राष्ट्रपतिले संविधानको उल्लंघन गरेको’ निष्कर्ष निकालेको थियो ।
सरकारको प्रस्तावमा संसद्का दुवै सदनले दोस्रो पटक पारित गरी पठाएको विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरेपछि गम्भीर संवैधानिक अन्योल सिर्जना भएको छ ।
संयुक्त युवा संगठनको बुधबारको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले गैरसंवैधानिक कदम चालेको ठहर गरेको थियो ।
राष्ट्रपति भण्डारीले तोकिएको समयसीमा १५ दिनसम्म नागरिकता विधेयक प्रमाणीकरण नगरेर निस्क्रिय पारिदिएपछि गठबन्धनको बैठकले ‘राष्ट्रपतिले संविधानको उल्लंघन गरेको’ निस्कर्ष निकालेको थियो ।
राष्ट्रपति भण्डारीले दुबै सदनबाट दुई दुई पटक पास गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि भण्डारीको विरोध भइरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस