नेपाली युवा जसलाई दुबईमा पर्यो ३५ करोडको चिठ्ठा
- गाउँ सहर संवाददाता
- ६ असोज बिहीबार, २०७९ | ०९:०४:०० मा प्रकाशित
काठमाडाैं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा एक नेपाली युवाले करिब ३५ करोड नेपाली रुपैयाँ बराबरको चिठ्ठा जितेका छन्।
दुबईमा कार सफा गर्ने काम गर्दै आएका ३१ वर्षीय भरत विश्वकर्माले महजोज ज्याकपटको चिठ्ठा जितेका हुन्। आफ्ना दुई साथीहरुसँग मिलेर चिठ्ठाको टिकट खरिद गरेका भरतले उक्त पुरस्कार पनि साथीहरुसँग बाँडेर लिने बताएका छन्।
चिठ्ठा जितेसँगै भरतले आफूले जितेको रकम आफ्नो परिवारको लागि र ब्रेन ट्युमरको कारण प्यारालाइसिस भएका भाइको उपचारको लागि खर्च गर्ने बताएका छन्। उनका ३ र पाँच वर्षका दुई सन्तान छन्।
मासिक १३ सय दिराम (करिब ४५ हजार नेपाली रुपैयाँ)मा काम गर्ने भरत यो चिठ्ठा जित्ने उनी सबैभन्दा कम कमाउने पहिलो व्यक्ति भएको द नेशनल न्युजले उल्लेख गरेको छ। तीन वर्षअघि दुबई आउनुभन्दा पहिला साउदी अरेबियामा एक पावर प्लान्टमा काम गर्थे। उनले आफूलाई चिठ्ठा परे पनि कार सफा गर्ने काम भने जारी राख्ने बताएका छन्।
‘मैले महजूजको योजना सुरुभएदेखि नै यसमा भाग लिँदै आएको थिए। हामीसँग धेरै पैसा नहुने भएकाले साथीहरुसँग सुरुमा टिकट खरिद गरेका थियौं’, उनले भने, ‘अहिले म यसमा दुई साथीहरुसँगै प्रवेश गरेको थिएँ। मैले मेरो परिवारलाई चिठ्ठा जितेको भनेको छु तर कति रकमको चिठ्ठा भन्नेचाहिँ भनेको छैन।’
भरतले यसअघि पनि केही चिठ्ठामा भाग लिएको तर महजूज जति विश्वसनीय अन्य चिठ्ठा नलागेको पनि बताए। उनले यो चिठ्ठा जित्दा धेरै खुसी लागेको बताए। यद्यपि आफूलाई एक न एक दिन यो चिठ्ठा जित्छु भन्ने विश्वास भने रहेको उनको भनाइ छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस