निर्वाचन आयोगले १२ वटा राजनीतिक दलसँग छलफल गर्दै
- गाउँ सहर संवाददाता
- २९ भदौ बुधबार, २०७९ | ०७:१७:०० मा प्रकाशित

काठमाडाैं । निर्वाचन आयोगले १२ वटा राजनीतिक दलसँग विभिन्न विषयमा छलफल गर्दैछ ।
आयोगले राजपत्रमा प्रकाशित गरेको निर्वाचन आचारसंहिताप्रति प्रमुख राजनीतिक दलहरुले असन्तुष्टि जनाएसँगै उनीहरुलाई छलफलका लागि बोलाएको हाे ।
आयोगले समसामयिक विषयमा छलफल गर्न प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दललाई बोलाएको हो ।
बुधबार १२ बजे आयोगको कार्यालयमा छलफलका लागि सवै दललाई नभएर १२ वटा राजनीतिक दललाई मात्र बोलाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निर्वाचन आयोगले प्रधानमन्त्री र मन्त्रीहरुलाई मंसिरको चुनाव प्रचारमा जान नदिने आचारसंहिता राजपत्रमा प्रकाशन गरेपछि सत्तारुढ र प्रमुख प्रतिपक्ष दुवैले असन्तुष्टि जनाएका छन् ।
प्रकाशित निर्वाचन आचारसंहितामा कुनै पनि मन्त्री र स्थानीय तहका जनप्रतिनिधिहरु राजनीतिक दलको मुख्य प्रचारक र प्रचारक भई खटिन नपाउने व्यवस्था छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस