गाउँ सहर

सेनाद्वारा विभिन्न तहमा चार हजार जनाकाे लागि दरखास्त आह्वान

काठमाडाैं । नेपाली सेनाले विभिन्न तहमा चार हजार जनाकाे लागि दरखास्त आह्वान गरेको छ।

नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले चार हजार सैन्य पदको दरखास्त आह्वान गरेको हो।

विभागका अनुसार खुलामा २ हजार ८८, नेपाली सेनाका सन्तति २००, महिला ३५०, आदिवासी/जनजाति ५५०, मधेशी ४८०, दलित २५२ र पिछडिएको वर्गबाट ८० जना गरी ४ हजार सैन्य पदमा दरखास्त माग गरिएको हो।

 देशभरका २८ ठाउँका लागि दरखास्त आह्वान गरिएको छ ।

आजबाट असोज २३ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर शुल्क तिरेर थप एकहप्ता आवेदन दिने व्यवस्था मिलाइएको जंगी अड्डाले जनाएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत