सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी रकम भुक्तानी
- गाउँ सहर संवाददाता
- १७ भदौ शुक्रबार, २०७९ | १८:४१:०० मा प्रकाशित
झापा । सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनी विर्तामाेड शाखाले मृत्युदाबी भुक्तानी बापतको रकम हस्तान्तरण गरेको छ ।
अर्जुनधार-१ बस्ने निशा सुब्बाले गरेकाे बीमा बापतकाे रकम भुक्तानी गरेकाे हाे । उनले पाँच लाख बराबरकाे बीमा गरेकी थिइन् ।
अचानक ज्वराे आइ अत्याधिका टाउकाे दुख्ने कारणबाट सुब्बाकाे मृत्यु भएकाे थियाे । उनले गत वर्ष साउनमा बीमा गरेकी थिइन् । मृत्युपश्चात उनकी आमा अम्बिका खाेयाहाङलाई बीमा बापतकाे पाँच लाख पैँसठ्ठी हजार रकम हस्तान्तरण गरेकाे शाखा प्रमुख जमुना कटुवाले जानकारी दिइन् ।
सुब्बाकाे परिवारमा अकस्मात घटेकाे घटनाले बीमा रकमले आर्थिक रूपमा मलमपट्टीकाे रूपमा काम गर्ने, अबकाे समयमा हामीले पनि सुरक्षा लिनैपर्ने रहेछ भन्ने मृतक सुब्बाकी आमाले प्रतिक्रिया दिएकाे कटुवालले बताइन् ।
कम्पनीका एरिया ब्राञ्च मेनेजर उत्तम काेइरालले मृतक आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै यस्तो दुखद् घडीमा कम्पनीले सहज रुपमा दावी भुक्तानी गरी बिमा प्रतिको जनविश्वास बढाउँदै उत्कृष्ट सेवा प्रदान गर्न कम्पनी सधैं बीमितको साथ रहने प्रतिवद्धता व्यक्त गरे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस