सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी रकम भुक्तानी
- गाउँ सहर संवाददाता
- १७ भदौ शुक्रबार, २०७९ | १८:४१:०० मा प्रकाशित

झापा । सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनी विर्तामाेड शाखाले मृत्युदाबी भुक्तानी बापतको रकम हस्तान्तरण गरेको छ ।
अर्जुनधार-१ बस्ने निशा सुब्बाले गरेकाे बीमा बापतकाे रकम भुक्तानी गरेकाे हाे । उनले पाँच लाख बराबरकाे बीमा गरेकी थिइन् ।
अचानक ज्वराे आइ अत्याधिका टाउकाे दुख्ने कारणबाट सुब्बाकाे मृत्यु भएकाे थियाे । उनले गत वर्ष साउनमा बीमा गरेकी थिइन् । मृत्युपश्चात उनकी आमा अम्बिका खाेयाहाङलाई बीमा बापतकाे पाँच लाख पैँसठ्ठी हजार रकम हस्तान्तरण गरेकाे शाखा प्रमुख जमुना कटुवाले जानकारी दिइन् ।
सुब्बाकाे परिवारमा अकस्मात घटेकाे घटनाले बीमा रकमले आर्थिक रूपमा मलमपट्टीकाे रूपमा काम गर्ने, अबकाे समयमा हामीले पनि सुरक्षा लिनैपर्ने रहेछ भन्ने मृतक सुब्बाकी आमाले प्रतिक्रिया दिएकाे कटुवालले बताइन् ।
कम्पनीका एरिया ब्राञ्च मेनेजर उत्तम काेइरालले मृतक आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै यस्तो दुखद् घडीमा कम्पनीले सहज रुपमा दावी भुक्तानी गरी बिमा प्रतिको जनविश्वास बढाउँदै उत्कृष्ट सेवा प्रदान गर्न कम्पनी सधैं बीमितको साथ रहने प्रतिवद्धता व्यक्त गरे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस