रुपा गाउँपालिकामा लाखेनाच प्रतियोगिता हुने
- गाउँ सहर संवाददाता
- २० श्रावण शुक्रबार, २०७९ | २२:०४:०० मा प्रकाशित
लेखनाथ । कास्कीको रुपा गाउँपालिकाको वडा नं. ५ फेदीमा लाखेनाच प्रतियोगिता हुने भएको छ । स्थानीय फेदी नेवा खलः ले यही साउन २१ गते गण्डकी प्रदेशस्तरीय लाखे नाच प्रतियोगिताको आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
कला संस्कृतिको संरक्षण, पहिचान र पर्यटनको प्रर्वद्धन भन्ने मूल नाराका साथ स्थापित फेदी नेवा खलःले नेवाः समुदायको कला संस्कृतिको संरक्षण एवं नयाँ पुस्तामा हस्तान्तरणका साथै एकताको सन्देश प्रवाहका लागी प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष मोहन जोशीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ३३ हजार ३ सय ३३, द्धितिय हुने टिमलाई २२ हजार २ सय २२ र तृतिय हुने टिमलाई ११ हजार १ सय ११ प्रदान गरिनेछ । साथै उत्कृष्ट अनुशासित टिमलाई र उत्कृष्ट भेषभुषालाई नगद ४ हजार ४ सय ४४ रुपैंया प्रदान गरिने क्लवका सचिव सुरेन श्रेष्ठले वताएका छन । उनले नेवारी समुदायको विभिन्न संस्कृतिहरुको संरक्षण एवं जात्रा आयोजनाको लागी सहयोग गर्न गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएका छन ।
प्रतियोगितामा सहभागी हुनको लागी टिम दर्ता शुल्क २ हजार लाग्ने र टिमका १२ जना सदस्य सम्मलाई निशुल्क रुपमा खाजा खाना तथा बासको व्यवस्था आयोजकले गर्ने वताएको छ । प्रतियोगितामा कास्की, तनहुँ र लम्जुङबाट विभिन्न २३ टिमको सहभागीता रहने बताईएको छ ।
प्रतियोगिताको आयोजनाको लागी ७ लाख खर्च हुने र १२ लाख आम्दानी हुन आयोजकले अपेक्षा गरेको छ । प्रतियोेगिताबाट वचत भएको रकम फेदी नेवाः खलको बहुउद्धेश्यीय भवन निर्माणमा लगाईने पनि आयोजकले जानकारी दिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस