पोखराको लिटल फ्लावरमा यसै शैक्षिक सत्रदेखि कक्षा ११ सञ्चालन हुँदै
- गाउँ सहर संवाददाता
- २० श्रावण शुक्रबार, २०७९ | २१:४८:०० मा प्रकाशित
पोखरा । पोखराको लिटल फ्लावर एजुकेशनल एकेडेमीमा यसै शैक्षिक सत्रदेखि कक्षा ११ सञ्चालन हुने भएको छ । पोखरा महानगरपालिका वडा नं २७ रिठ्ठेपानीमा अवस्थित यो विद्यालयमा यसै शैक्षिक सत्रदेखि कक्षा ११ मा व्यवस्थापनतर्फका कक्षा सञ्चालन हुने संस्थापक देवी प्रधान खड्काले बताइन् । डाइरेक्टर कमल खड्काले इतिहासका गौरवमय अवधि पार गर्दै आएको र उज्वल भविष्यका लागि आफूहरु जुटिरहेको बताए ।
यसै शैक्षिक सत्रदेखि विद्यालय सञ्चालनको नयाँ टिम समेत थपिएसँगै ११ मा नयाँ भर्ना सुरु गरेको उनले बताए ।
पोखराक्षेत्रकै अनुभवी र दक्ष शिक्षकद्वारा पढाइ हुने गरी कक्षा ११ को अनुमति लिएर नयाँ भर्ना प्रक्रिया सञ्चालन गरिएको विद्यालयका प्रिन्सिपल विकल पौडेलले बताए ।
विद्यालयका पूर्व प्रिन्सिपलसमेत रहेका विष्णुहरि पौडेल कक्षा ११ र १२ को संयोजक रहने गरी अगाडि बढेको विद्यालयले निकट भविष्यमा थप कार्यक्रमहरु सहित अगाडि बढ्ने लक्ष्य राखेको छ । हाल यस विद्यालयमा ७ सय बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
प्रतिकृया दिनुहोस