पोखराको लिटल फ्लावरमा यसै शैक्षिक सत्रदेखि कक्षा ११ सञ्चालन हुँदै
- गाउँ सहर संवाददाता
- २० श्रावण शुक्रबार, २०७९ | २१:४८:०० मा प्रकाशित

पोखरा । पोखराको लिटल फ्लावर एजुकेशनल एकेडेमीमा यसै शैक्षिक सत्रदेखि कक्षा ११ सञ्चालन हुने भएको छ । पोखरा महानगरपालिका वडा नं २७ रिठ्ठेपानीमा अवस्थित यो विद्यालयमा यसै शैक्षिक सत्रदेखि कक्षा ११ मा व्यवस्थापनतर्फका कक्षा सञ्चालन हुने संस्थापक देवी प्रधान खड्काले बताइन् । डाइरेक्टर कमल खड्काले इतिहासका गौरवमय अवधि पार गर्दै आएको र उज्वल भविष्यका लागि आफूहरु जुटिरहेको बताए ।
यसै शैक्षिक सत्रदेखि विद्यालय सञ्चालनको नयाँ टिम समेत थपिएसँगै ११ मा नयाँ भर्ना सुरु गरेको उनले बताए ।
पोखराक्षेत्रकै अनुभवी र दक्ष शिक्षकद्वारा पढाइ हुने गरी कक्षा ११ को अनुमति लिएर नयाँ भर्ना प्रक्रिया सञ्चालन गरिएको विद्यालयका प्रिन्सिपल विकल पौडेलले बताए ।
विद्यालयका पूर्व प्रिन्सिपलसमेत रहेका विष्णुहरि पौडेल कक्षा ११ र १२ को संयोजक रहने गरी अगाडि बढेको विद्यालयले निकट भविष्यमा थप कार्यक्रमहरु सहित अगाडि बढ्ने लक्ष्य राखेको छ । हाल यस विद्यालयमा ७ सय बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस