सिट बाँडफाँट लगायत विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै
- गाउँ सहर संवाददाता
- २० श्रावण शुक्रबार, २०७९ | ०८:१७:०० मा प्रकाशित
काठमाडाैं । सत्ता गठबन्धनको बैठक आज बस्दैछ।
सरकारले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति घोषणा गरेको भोलिपल्ट आज गठबन्धनको बैठक बस्न लागेको हो।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको थियो।
गठबन्धनको आजको बैठकमा सिट बाँडफाँट लगायत विषयमा छलफल हुने बताइएको छ।
बैठक बिहान ९ बजे बस्ने कार्यक्रम रहेको छ।
बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी हुनेछन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
प्रतिकृया दिनुहोस