गाउँ सहर

बाढी सूचनाद्वारा आरूणखोला, उदयपुर, सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा सावधानी अपनाउन अनुराेध

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग बाढी सूचनाका अनुसार- "सप्तकोशी नदी चतरामा जलसतह बिहानै देखि सतर्कता तह नजिक रहेकोले उदयपुर, सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा रहनु हुनेहरू बेलुका सम्मै उच्च सतर्कता अपनाऔँ ।"

यस्तै पछिल्लो ३ घण्टामा नवलपुर स्थित आरूण बतासा वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको, आरूणखोला लगायतका स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने, तटीय क्षेत्रमा बेलुका सम्म सतर्कता अपनाउन पनि उसले भनेकाे छ ।

गाउँ सहर संवाददाता