पद तथा गोपनीयताको शपथ लिएसँगै अर्थमन्त्री शर्मा पदभारका लागि सिंहदरबार
- गाउँ सहर संवाददाता
- १५ श्रावण आइतबार, २०७९ | १८:२७:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएसँगै अर्थमन्त्री जनार्दन शर्मा पदभारका लागि सिंहदरबार पुगेका छन् । राष्ट्रपति भवन शीतल निवासबाट शर्मा सिधै कार्यभार सम्हाल्न अर्थ मन्त्रालय पुगेका हुन् ।
अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ उनले सितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए ।
बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका थिए ।
सोही प्रयोजनका लागि संसदीय छानबिन विशेष समिति गठन भएको थियो । समितिको प्रतिवेदनले उनलाई निर्दोष सावित गरेपछि पुनः अर्थमन्त्री नियुक्त भएका हुन् । उनले साउन २२ गते संसदीय छानबिन समिति गठन भए लगत्तै प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा गरेका थिए ।
११ सदस्यीय संसदीय छानबिन समितिले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाइएकाे थियाे । सभामुखलाई प्रतिवेदन बुझाए लगत्तै छानबिन समितिका सभापति लक्ष्मणलाल कर्णले उक्त प्रतिवेदन प्रतिनिधिसभा बुझाएका थिए । तत्कालीन अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा जेठ १४ गते राति अनाधिकृत व्यक्ति प्रवेश गराएर करका दर हेरफेर गराएको भन्दै समाचार बाहिरिएपछि प्रतिनिधि सभाले संसदीय छानबिन विशेष समिति गठन गरेको थियो। समितिले निर्धारित १० दिनमा काम सम्पन्न नगरेपछि साउन ५ गते थप ७ दिन समय थप गरिएको थियो। समितिले करका दर हेरफेरमा अनधिकृत व्यकतिकाे प्रसङ्ग असान्दर्भिक भएको निष्कर्ष निकालेको थियो ।
उनीबारे छानबिन गर्न संसदीय छानबिन समिति बनेको थियो । तर, संसदीय छानबिन समितिले 'क्लिन चिट' दिएपछि उनी फेरि अर्थमन्त्री बनेका हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस