राष्ट्रिय मगर संघको सभापतिमा दिनेश थापामगर चयन
- गाउँ सहर संवाददाता
- १४ श्रावण शनिबार, २०७९ | १९:०९:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेसकाे भातृ संस्था तथा लोकतन्त्रवादी मगरहरुको साझा संगठन ‘नेपाल राष्ट्रिय मगर संघ’ को केन्द्रीय सभापतिमा दिनेश थापामगर सर्वसम्मत चयन भएका छन् ।
शनिवार नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकले थापामगरलाई सर्वसम्मत चयन गरेकाे हाे ।
नेपाली कांग्रेसमा लामो समयदेखि विभिन्न जिम्मेवारीमा रहेका थापामगर नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागको निवर्तमान सचिवसमेत हुन् ।
नेपाल राष्ट्रिय मगर संघको संस्थापक सचिव, महासचिव, उपसभापति हुँदै सभापति चयन भएका थापामगरले सभापति चयन भए पश्चात् लोकतन्त्रमा आस्थावान मगर समुदायलाई पार्टी एवं राज्यका विभिन्न तहमा स्थापित गर्न आफ्नो भूमिका केन्द्रित हुने बताए ।
जागरण, रुपान्तरण र मगर एकताको पक्षमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै सभापति थापामगरले जातीय पहिचान, धर्म प्रकृति पुजक, मौलिक संस्कार, संस्कृति, कला, भाषा, जीवनशैली र इतिहासलाई संरक्षण र सम्बर्धन गर्दै राज्यको निर्णायक तहमा राजनीतिक आवाज स्थापित गर्न निष्पक्ष भूमिका निर्वाह गर्ने जनाए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस