ग्यालेक्सी पब्लिक स्कुल प्लस टु यसइई कप सम्पन्न
- गाउँ सहर संवाददाता
- १२ श्रावण बिहीबार, २०७९ | १३:२५:०० मा प्रकाशित

काठमाडाैं । गुणस्तरीय शिक्षाका लागि प्रशिद्ध ग्यालेक्सी पब्लिक प्लस टु ले आफ्नो नियमित शैक्षिक कार्यक्रम वाहेक विभिन्न अन्तरकृयात्मक कृयाकलापबाट विद्यार्थीहरूको सर्वाङ्गीण विकास गराई रहेको छ ।
ग्लेक्सी पब्लिक स्कुल प्लस टु ले गत साता यसइई कप फुट्सल टुनामेन्ट सम्पन्न गरेको छ । कार्यक्रममा २२ वटा बिभिन्न कलेजले उक्त खेलकुद कार्यक्रममा सहभागिता जनाएका थिए ।
कार्यक्रम ग्यालेक्सी पब्लिक स्कुलको आफ्नै खेल मैदानमा विहान ९ बजे बाट वेलाका ५ वजे सम्म सन्चालन भएको थियो ।
कार्यक्रमलाई सिङ्गापुर वेभरेज नेपाल, जिरू दि टेस्ट अफ नेपाल, निम्बु पानी त्यसै गरी स्पोन्सरमा मिड भ्याली इन्टरनेसनल कलेज, एरो इन्टरनेसनल एजुकेसन, छबी सर्भिस सप्लायर्स् लगायतका संस्था रहेका थिए ।
थुुप्रै प्रतिस्पर्धीलाई आफ्नो उत्कृष्ट खेल प्रस्तुत गरेर जन प्रभात सेेकेन्डरी स्कुल दृतिय भई १०००० रूपैयाँको चेक हात पारेको छ ।
त्यसै गरि शान्तिनगर फुट्सल टिम प्रथम भई २५००० रूपैयाँको चेक प्रदान गरिनुको साथै सम्पूर्ण सहभागीलाई मेडल, प्रमाणपत्र साथै ट्रफी प्रदान गरीएको थियो ।
आयोजकले कार्यक्रम भव्य र सभ्यताका साथ सम्पन्न भयको जानकारी गराए साथै सम्पूर्ण प्रतियोगिहरुलाई खेल रोचक र प्रतिस्पर्धी बनाएकोमा धन्यबाद ब्यक्त गरेका थिए ।
विगत ३५ वर्ष अघिदेेखी गुणस्तरीय शिक्षाको प्रत्याभूति गराउदै ग्यालेक्सी पब्लिक स्कुलले समय समयमा यस्ता अतिरिक्त क्रियाकलापहरूको आयोजना गर्दै आइरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस