रामेछाप याक तथा चौंरी कृषक संघ जिल्ला कमिटी गठन
- गाउँ सहर संवाददाता
- १० श्रावण मंगलबार, २०७९ | २०:१९:०० मा प्रकाशित
रामेछाप । रामेछाप याक तथा चौंरी कृषक संघ जिल्ला कमिटी गठन भएको छ ।
दोरम्बा शैलुङ्ग गाउँपालिका, उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँ पालिका याक तथा चौरीपालक कृषक, जनप्रतिनिधि, महासंघ प्रतिनिधि लगायतको उपस्थितिमा उमाकुण्ड गाउँपालिकाको ३३६० मिटर उचाईमा रहेको रमणीय खर्क सेर्दिङ चउरमा रामेछाप जिल्ला भेला बसेर साे कमिटी गठन गरिएकाे हाे ।
रामेछाप जिल्ला भेलाले अध्यक्षमा आङ फूर्वा लामा उपाध्यक्षमा दिकु शेर्पा लामा, सचिवमा सम्बु तामाङ सहसचिवमा ओङछु शेर्पा, कोषध्यक्षमा छिरी शेर्पा सदस्यहरूमा क्रमश दावा लामा, याङजी लामा शेर्पा, पेन्वा रिन्जी शेर्पा, रामजी कार्की, याङजी लामा शेर्पा, आङ लकी शेर्पा चयन भएकाे सदस्य दावा लामाले बताए । उनका अनुसार सल्लाहकारमा खम्बा ध्वज बस्नेत, छ्त्र बहादुर बस्नेत, ङवातेम्बा शेर्पा, ङवा तुण्डु शेर्पा, आङ छोटि शेर्पा, आङ डुक्पा शेर्पा, भाई सेर्पा सर्वसम्मत चयन भएका छन् ।
नेपालको लोपान्मुख याक तथा चौरी संरक्षण एवं प्रवर्द्धनको लागि हाल कृषि तथा पशु लगायत विभिन्न क्षेत्रको विभागीय प्रमुख, विज्ञ, अनुसन्धानकर्ता, अभियान्ता, अन्तर्राष्ट्रिय संस्था लगायतको साझा अवधारणा तय गरी सम्भावित क्षेत्रको सबै पक्ष परिचालन गरी सहजीकरण नीति अपनाई गुणस्तरीय याक तथा चौंरी उत्पादन र व्यवसाय संचालनमा सहयोग अपेक्षा अनुरूप यो कार्यक्रम संचालन गरिएको उसले बताएकाे छ ।
नेपालको याक तथा चौंरीलाई अन्तर्राष्ट्रिय याकको प्रजननबाट थप गुणस्तरीय ब्राण्ड उत्पादन गर्नु र व्यवसाय संचालनमा नीति नियममा सरलता साथै छिमेकी देशका सीमानाकामा व्यवसाय संचालनमा सुमधुर सम्बन्ध राख्ने अवधारणा समेत अपनाइएको बताइएकाे छ ।
याक तथा चौंरी पालन अध्ययनले हिमाली भेकको वातावरण संतुलन एवं गैद्काष्ठ वन पैदावर प्रवर्द्धनमा विशेष भूमिका रहेको अध्ययनलेसमेत देखाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
प्रतिकृया दिनुहोस