स्थानीय तहको चुनावमा ५ अर्ब ४ करोड खर्च
- गाउँ सहर संवाददाता
- १० श्रावण मंगलबार, २०७९ | १७:३२:०० मा प्रकाशित
काठमाडाैं । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको चुनावमा पाँच अर्ब खर्च भएको निर्वाचन आयोगले जनाएको छ । मंगलबार आयोगले खर्च सार्वजनिक गर्दै प्रवक्ता शालिग्राम पौडेलले चुनावमा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८६७ रुपैयाँ खर्च भएको जानकारी दिएका हुन् ।
निर्वाचनका लागि आयोगलाई सरकारले ८ अर्ब ११ करोड रुपैयाँ निकासा गरेको थियो । विगतका चुनाव भन्दा यसपटक मितव्ययी भएको दाबी गर्दै पौडेलले तीन अर्ब ६ करोड ८६ लाख रुपैयाँ सरकारलाई फिर्ता गरेको जानकारी दिए ।
चुनावका क्रममा सचिवालयका लागि १ अर्ब २ करोड ६३ लाख १२ हजार १२९ रुपैयाँ, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ३ अर्ब ५४ करोड, जिल्ला निर्वाचन कार्यालयहरूमा ४१ करोड ३३ लाख र मतपेटिका ढुवानीमा ४ करोड ५० लाख रुपैयाँ खर्च भएको छ ।
प्रवक्ता पौडेलले स्थानीय तह निर्वाचनमा प्रतिमतदान केन्द्र २ लाख २९ हजार ५७८ रुपैयाँ र प्रतिमतदाता २८४ रुपैयाँ खर्च भएको बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस