शर्मामाथि छानबिन समितिले फरेन्सिक ल्यावका प्राविधिकसँग दिउँसो छलफल गर्ने
- गाउँ सहर संवाददाता
- १० श्रावण मंगलबार, २०७९ | १२:३९:०० मा प्रकाशित
काठमाडाैं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित विशेष संसदीय समितिको बैठक बेलुकी चार बजे फेरी बस्ने जनाइएको छ ।
प्रहरीकोे फरेन्सिक ल्यावले जेठ १४ गते रातिको अर्थमन्त्रालयको सिसिटिभी फुजेट रिकभर भएको रिपोर्ट दिएको छ ।
मंगलबार पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई छानबिन गठित समितिले फरेन्सिक ल्यावको रिपोर्ट खोलेको थियो ।
बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भए/नभएको निर्क्यौलका निम्ति संसदको विशेष छानबिन समितिले सिसिटिभीको हार्डडिस्क प्रहरीको प्रयोगशालालाई बुझाएको थियो ।
रिपोर्टमा १४ गते रातिकै सिसिटिभी फुटेज भएको उल्लेख भए पनि कुनै पनि भिडियो नबुझने रहेको समितिका एक सदस्यले जानकारी दिए ।
सोमबार प्रयोगशालाले भिडिओ रिकभर भएको विवरण शिलबन्दी गरेर समितिमा पठाएको थियो । त्यो विवरण समितिको मंगलबारको बैठकमा खोलिएको थियो ।
प्रयोगशालाले असार १४ को विभिन्न क्लिप्स समितिलाई बुझाएको छ । त्यस दिन तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश गराएर राजश्वको दर हेरफेर गरेको आरोप लागेको छ । साउन ५ मा समिति समक्ष बयान दिँदै उनले उक्त आरोप अस्वीकार गरेका छन् ।
उनले आफ्नो विश्वास नभए कार्यस्थलमा रहेका सुरक्षाकर्मी र मर्यादापालकसँग सोधपुछ गर्न समितिलाई सुझाएका थिए। यस्तै सिसिटिभीबारे आफूलाई जानकारी नहुने भन्दै विज्ञहरूसँग परामर्श गर्न भनेका थिए ।
समितिका सचिव सुरेन्द्र अर्यालले पनि प्राविधिक विषयमा प्रस्ट हुनका निम्ति समितिले विज्ञहरूलाई बोलाएको बताए ।
फुटेज नबुझेपछि समितिले फरेन्सिक ल्यावका प्राविधिकसँग आजै दिउँसो छलफल गर्ने भएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस