शर्मामाथि छानबिन समितिले फरेन्सिक ल्यावका प्राविधिकसँग दिउँसो छलफल गर्ने
- गाउँ सहर संवाददाता
- १० श्रावण मंगलबार, २०७९ | १२:३९:०० मा प्रकाशित

काठमाडाैं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित विशेष संसदीय समितिको बैठक बेलुकी चार बजे फेरी बस्ने जनाइएको छ ।
प्रहरीकोे फरेन्सिक ल्यावले जेठ १४ गते रातिको अर्थमन्त्रालयको सिसिटिभी फुजेट रिकभर भएको रिपोर्ट दिएको छ ।
मंगलबार पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई छानबिन गठित समितिले फरेन्सिक ल्यावको रिपोर्ट खोलेको थियो ।
बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भए/नभएको निर्क्यौलका निम्ति संसदको विशेष छानबिन समितिले सिसिटिभीको हार्डडिस्क प्रहरीको प्रयोगशालालाई बुझाएको थियो ।
रिपोर्टमा १४ गते रातिकै सिसिटिभी फुटेज भएको उल्लेख भए पनि कुनै पनि भिडियो नबुझने रहेको समितिका एक सदस्यले जानकारी दिए ।
सोमबार प्रयोगशालाले भिडिओ रिकभर भएको विवरण शिलबन्दी गरेर समितिमा पठाएको थियो । त्यो विवरण समितिको मंगलबारको बैठकमा खोलिएको थियो ।
प्रयोगशालाले असार १४ को विभिन्न क्लिप्स समितिलाई बुझाएको छ । त्यस दिन तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश गराएर राजश्वको दर हेरफेर गरेको आरोप लागेको छ । साउन ५ मा समिति समक्ष बयान दिँदै उनले उक्त आरोप अस्वीकार गरेका छन् ।
उनले आफ्नो विश्वास नभए कार्यस्थलमा रहेका सुरक्षाकर्मी र मर्यादापालकसँग सोधपुछ गर्न समितिलाई सुझाएका थिए। यस्तै सिसिटिभीबारे आफूलाई जानकारी नहुने भन्दै विज्ञहरूसँग परामर्श गर्न भनेका थिए ।
समितिका सचिव सुरेन्द्र अर्यालले पनि प्राविधिक विषयमा प्रस्ट हुनका निम्ति समितिले विज्ञहरूलाई बोलाएको बताए ।
फुटेज नबुझेपछि समितिले फरेन्सिक ल्यावका प्राविधिकसँग आजै दिउँसो छलफल गर्ने भएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस