प्रभु बैंकले कमायाे दुई अर्ब ६० करोड तीन लाख ९७ हजार रुपैयाँ
- गाउँ सहर संवाददाता
- ७ श्रावण शनिबार, २०७९ | १५:५५:०० मा प्रकाशित
काठमाडौँ । प्रभु बैंकको खुद मुनाफा उच्चरुपमा बढेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा दुई अर्ब ६० करोड तीन लाख ९७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने बैंकले एक अर्ब ७२ करोड आठ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
बैंकको चुक्ता पुंजी १२ अर्ब ७० करोड ८७ लाख चार हजार रुपैयाँ रहेको छ । बैंकले आव २०७८/७९ मा एक खर्ब ७८ अर्ब ६५ करोड २१ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४५ अर्ब ९६ करोड १९ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा छ अर्ब १८ करोड दुई लाख ८९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । बैंकमा एक दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने वितरणयोग्य नाफा भने एक अर्ब ४१ करोड ३३ लाख ३२ हजार रुपैयाँ रहेको छ ।
बैंकले अघिल्लो आवमा भने एक खर्ब ६४ अर्ब ८५ करो पाँच लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब ११ करोड ७७ लाख ७४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब दुई करोड ३३ लाख पाँच हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात एक दशमलव ६८ प्रतिशत रहेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
प्रतिकृया दिनुहोस