आज पुष्पलालको ४४औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै
- गाउँ सहर संवाददाता
- ७ श्रावण शनिबार, २०७९ | ०७:४४:०० मा प्रकाशित

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा पुष्पलालको जन्म भएको थियो ।
नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित पुष्पलालले आफ्नो जीवनभर नागरिकको स्वतन्त्रताका लागि सङ्घर्ष गरेका थिए ।
पुष्पलालले २००६ साल वैशाख १० गते नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठसँग मिलेर नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका हुन् । उनले स्थापना गर्नुभएको नेकपा विभिन्न चरणमा फुटेर विभिन्न कम्युनिस्ट पार्टी बनेका छन् । उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गरे ।
२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले सैनिक ‘कु’ गरेर प्रजातान्त्रिक बहुदलीय व्यवस्थालाई अपदस्त गरी निरङ्कुश व्यवस्थाको स्थापना गरेपछि राजनीतिक दलहरूमाथि प्रतिबन्ध लागेको थियो । पुष्पलालसहितका नेता भारतमा निर्वासित हुनुपरेको थियो ।
नेपालमा कम्युनिस्ट पार्टीमार्फत नागरिकका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यकासाथ नेकपा स्थापना गरेका पुष्पलालको २०३५ साल साउन ७ गते निधन भएको थियो । नेपाली कम्युनिस्ट आन्दोलनले ७३ वर्ष पार गरिसक्दासम्म पनि नेपाली क्रान्ति अझै सम्पन्न हुन नसकेको टिप्पणी हुँदै आएको छ । लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलन विभाजित अवस्थामा छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस