रामेछाप कांग्रेसकाे विवाद छताछुल्ल, नेतृत्वलाई सच्चिन पाँच बुँदे ध्यानाकर्षण पत्र
- गाउँ सहर संवाददाता
- ६ श्रावण शुक्रबार, २०७९ | २३:१०:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेस रामेछापकाे जिल्ला कार्यसमितिभित्र छताछुल्ल हुने गरि विवाद देखिएकाे छ । पूर्व पार्टी सभापति, पदाधिकारीसहित जिल्ला कार्यसमितिका २५ जना सदस्यले जिल्ला नेतृत्वकाे कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सच्चिन पाँच बुँदे पत्रमार्फत ध्यानाकर्षण गराएका छन् ।
पार्टी नेतृत्वले निर्णय निर्माण प्रक्रियामा निर्णायक भूमिकाबाट नियन्त्रित्र र कुण्ठित गर्दै सभापति र उहाँका निकटम व्यक्तिहरूकाे निहित उद्देश्य, आग्रह, पूर्वाग्रह अनुसार पार्टीकाे विधि विधान र पद्धतिलाई लत्याई पार्टीकाे अहित हुने गरि एकलाैटी पेलेर निर्णय लाद्ने कार्य भएकाेप्रति असहमति राखेकाे असन्तुष्ट पक्षले जनाएका छन् ।
उनीहरूले स्थानीय तहमा टिकट वितरण प्रकृियागत ढंगले नगरि र नेपाली कांग्रेसकाे विधान अनुसार संसदीय दल गठन नगरि सीमित पदाधीकारीहरू मात्रै बसि अवैध ढंगले मनपरी गरेकाले पार्टीले सुनिश्चित भएका ठाउँहरूमा पनि पराजय भाेग्नुपरेकाे,आराेप लगाएका छन् ।
त्यसैगरि, पार्टीकाे विधि विधान र पद्धती विपरित आग्रह पूर्वाग्रहकाे आधारमा अनुशासनकाे कारबाही गर्ने भन्दै पार्टी र पार्टीका भातृ तथा शुभेच्छुक संघ संस्थाका निष्ठावान नेता तथा शुभेच्छुकलाई आतंकित पार्दै माथिल्लाे निकायमा नाजायज सिफारिस गरिएकाेले मंगलबार र शुक्रबार बाेलाइएकाे जिल्ला कार्यसमितिकाे बैठकमा अनुपस्थित भएकाे भन्दै २५ जनाले हस्ताक्षर गरेर पाँच बुँदे ध्यानाकर्षणपत्र मार्फत नेतृत्वलाई आत्माआलाेचना गर्दै विधान विपरित भएका बदरभागी निर्णयलाई बदर गरि सच्याएर विश्वसनीय वातावरण तयार गर्न ध्यानाकर्षण गरिएकाे ज्ञापन पत्रमा उल्लेख छ ।
हस्ताक्षर गर्नेमा पूर्वसभापति लवश्री न्याैपाने, जिल्ला कार्यसमिति उपसभापति नवराज थाेकर, सचिव विनाेद कार्की, सहसचिव ध्रुव चाैलागाइसहित २५ जना छन् ।
१४ औँ अधिवेशनमा पूर्णबहादुर तामाङ (कान्छाराम) सभापतिमा निर्वाचित भएका थिए । भरखरै सकिएकाे स्थानीय निर्वाचन लगत्तै संघीय र प्रदेश तहकाे निर्वाचनकाे मुखमा नेपाली कांग्रेस रामेछापकाे विवाद छरपष्ट भएकाे छ ।
हेर्नुहाेस् ज्ञापनपत्र
.jpg)
.jpg)
.jpg)
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस