वातावरण

सुदूर पूर्व र सुदूर पश्चिममा भारी वर्षा

काठमाडाैँ । २०७९ साउन ५ गते (बिहीबार), जल तथा माैसम विभागका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ । देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशका पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागका केहि स्थानहरूमा र अन्य भू भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता