शहरी विकास मन्त्री मेटमणी चौधरीलाई भेटेर गगन थापाले के भने ?
- गाउँ सहर संवाददाता
- ३ श्रावण मंगलबार, २०७९ | १९:५३:०० मा प्रकाशित
काठमाडाैँ । शहरी विकास मन्त्री मेटमणी चौधरीलाई नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाले भेटेर लामो समयदेखि उठाउँदै आएका विविध विषयमा कुरा भएकाे उनले बताएका छन् ।
उनले भनेका छन् - शहरी विकास मन्त्री मेटमणी चौधरीलाई भेटेर मैले लामो समयदेखि उठाउँदै आएका निम्न विषयमा छलफल गरेर आएको छु ।
१) काठमाडौँ उपत्यका भित्रका सडकलाई पैदलयात्री मैत्री बनाउनका लागि फुटपाथ निर्माण, विस्तार, पुनःस्थापनाका लागि छुट्टै आयोजना संचालन गर्ने । काठमाडौँ उपत्यका प्राधिकरणले स्थानीय सरकारसँग सहकार्य गरेर यो आयोजना संचालन गर्ने ।
२) काठमाडौँ उपत्यका विकास प्राधिकरणको ऐन संसोधन गरेर, यसको संचालक समितिमा काठमाडौँ उपत्यकाका सम्पूर्ण महानगर-नगरपालिकाको प्रमुख, प्रदेश सरकार र संघीय सरकारका प्रतिनिधि रहने । यो प्राधिकरणले काठमाडौं उपत्यकाको यातायात, फोहोर, नदी प्रणाली, खानेपानी, ढल जस्ता पूर्वाधारका विषयमा एकीकृत सोच र कार्यक्रम तय गर्ने ।
३) बुढानीलकण्ठ नगरपालिकाको वडा नं. १०, ११, १२ र कामनपाको वडा नं. ६ र ७ को केही भाग निरन्तर डुवानमा परिरहने समस्याको दीर्घकालिन समाधान खोज्न छुट्टै परियोजना बनाउने । अहिले गरिरहेका कामहरूलाई पनि सोही दीर्घकालीन योजनासंग जोड्ने र यो वर्ष महत्वपूर्ण काम सक्ने ।
महामन्त्री थापाले मन्त्री चाैधरीले सुझावलाई सकारात्मक रुपमा लिई कार्य अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेकाे बताएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस