शहरी विकास मन्त्री मेटमणी चौधरीलाई भेटेर गगन थापाले के भने ?
- गाउँ सहर संवाददाता
- ३ श्रावण मंगलबार, २०७९ | १९:५३:०० मा प्रकाशित

काठमाडाैँ । शहरी विकास मन्त्री मेटमणी चौधरीलाई नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाले भेटेर लामो समयदेखि उठाउँदै आएका विविध विषयमा कुरा भएकाे उनले बताएका छन् ।
उनले भनेका छन् - शहरी विकास मन्त्री मेटमणी चौधरीलाई भेटेर मैले लामो समयदेखि उठाउँदै आएका निम्न विषयमा छलफल गरेर आएको छु ।
१) काठमाडौँ उपत्यका भित्रका सडकलाई पैदलयात्री मैत्री बनाउनका लागि फुटपाथ निर्माण, विस्तार, पुनःस्थापनाका लागि छुट्टै आयोजना संचालन गर्ने । काठमाडौँ उपत्यका प्राधिकरणले स्थानीय सरकारसँग सहकार्य गरेर यो आयोजना संचालन गर्ने ।
२) काठमाडौँ उपत्यका विकास प्राधिकरणको ऐन संसोधन गरेर, यसको संचालक समितिमा काठमाडौँ उपत्यकाका सम्पूर्ण महानगर-नगरपालिकाको प्रमुख, प्रदेश सरकार र संघीय सरकारका प्रतिनिधि रहने । यो प्राधिकरणले काठमाडौं उपत्यकाको यातायात, फोहोर, नदी प्रणाली, खानेपानी, ढल जस्ता पूर्वाधारका विषयमा एकीकृत सोच र कार्यक्रम तय गर्ने ।
३) बुढानीलकण्ठ नगरपालिकाको वडा नं. १०, ११, १२ र कामनपाको वडा नं. ६ र ७ को केही भाग निरन्तर डुवानमा परिरहने समस्याको दीर्घकालिन समाधान खोज्न छुट्टै परियोजना बनाउने । अहिले गरिरहेका कामहरूलाई पनि सोही दीर्घकालीन योजनासंग जोड्ने र यो वर्ष महत्वपूर्ण काम सक्ने ।
महामन्त्री थापाले मन्त्री चाैधरीले सुझावलाई सकारात्मक रुपमा लिई कार्य अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेकाे बताएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस