वातावरण

साेमबारः सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षा

काठमाडाैँ । २०७९ साउन २ गते (सोमबार), जल तथा माैसम विभागका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागका थोरै स्थानहरुमा  र बाँकी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागका केही स्थानहरुमा  र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

गाउँ सहर संवाददाता