आर्थिक वर्षकाे पहिलाे दिन लगानीकर्ता सुस्ताए, नेप्से सामान्य अंकले बढेपनि काराेबार रकम कमै
- गाउँ सहर संवाददाता
- १ श्रावण आइतबार, २०७९ | १५:२२:०० मा प्रकाशित
काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन नेप्से परिसूचक हरियाे भएर बन्द भएकाे छ ।
यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.९३ अंक बढेर २०११.३९ विन्दुमा पुगेको छ ।
पछिल्लो केहीदिन यतादेखि निरन्तर रुपमा बढिरहेको शेयर बजार आज पनि बढेको हो ।
त्यस्तै, तर लगानीकर्ता भने यसदिन सुस्ताएका छन् । आज नेप्से परिसूचकमा सुधार आए पनि कारोबार रकममा भने गिरावट आएको छ । नेप्सेमा एक अर्ब २४ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार नेप्सेमा आज एक अर्ब ४५ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका ८४ कम्पनीको शेयरमूल्य बढेको छ भने ८७ कम्पनीको शेयरमूल्य बढेको छ । आज मुल्य बढेको कम्पनीहरुमा राधी विद्युत्त कम्पनी, नयाँ सारथी लघुवित्तव वित्तीय संस्था, प्रभु बैंक र कुमारी बैंक रहेका छन् । राधी विद्युत्त कम्पनीको शेयर मुल्य ५ प्रतिशतले बढेको हो भने, नयाँ सारथी लघुवित्तव वित्तीय संस्था, प्रभु बैंक र कुमारी बैंकको शेयरमुल्य ४ प्रतिशतले बढेको हो ।
त्यस्तै प्रभु सेलेक्ट फण्ड संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपर तामाकोशीको भएको छ । यसको आज ६ करोड ४ लाख भन्दा बढीको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस