आर्थिक वर्षकाे पहिलाे दिन लगानीकर्ता सुस्ताए, नेप्से सामान्य अंकले बढेपनि काराेबार रकम कमै
- गाउँ सहर संवाददाता
- १ श्रावण आइतबार, २०७९ | १५:२२:०० मा प्रकाशित

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन नेप्से परिसूचक हरियाे भएर बन्द भएकाे छ ।
यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.९३ अंक बढेर २०११.३९ विन्दुमा पुगेको छ ।
पछिल्लो केहीदिन यतादेखि निरन्तर रुपमा बढिरहेको शेयर बजार आज पनि बढेको हो ।
त्यस्तै, तर लगानीकर्ता भने यसदिन सुस्ताएका छन् । आज नेप्से परिसूचकमा सुधार आए पनि कारोबार रकममा भने गिरावट आएको छ । नेप्सेमा एक अर्ब २४ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार नेप्सेमा आज एक अर्ब ४५ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका ८४ कम्पनीको शेयरमूल्य बढेको छ भने ८७ कम्पनीको शेयरमूल्य बढेको छ । आज मुल्य बढेको कम्पनीहरुमा राधी विद्युत्त कम्पनी, नयाँ सारथी लघुवित्तव वित्तीय संस्था, प्रभु बैंक र कुमारी बैंक रहेका छन् । राधी विद्युत्त कम्पनीको शेयर मुल्य ५ प्रतिशतले बढेको हो भने, नयाँ सारथी लघुवित्तव वित्तीय संस्था, प्रभु बैंक र कुमारी बैंकको शेयरमुल्य ४ प्रतिशतले बढेको हो ।
त्यस्तै प्रभु सेलेक्ट फण्ड संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपर तामाकोशीको भएको छ । यसको आज ६ करोड ४ लाख भन्दा बढीको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस