यी हुन् राष्ट्रपतिबाट प्रमाणीकरण भएका १३ विधेयक
- गाउँ सहर संवाददाता
- ३२ असार शनिबार, २०७९ | ०७:२२:०० मा प्रकाशित
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएर आएका १३ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि आएका १३ विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम शुक्रबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।
विधेयकको नाम र प्रमाणीकरण मिति :
१. लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७९/३/३१,
२. आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९/३/३१,
३. ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक २०७९/३/३१,
४. राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक २०७९/३/३१,
५. नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९/३/३१,
६. तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९/३/३१,
७. यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक२०७९/३/३१,
८. फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९/३/३१,
९. नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०७९/३/३१,
१०. सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७९/३/३१,
११. औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक २०७९/३/३१,
१२. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक २०७९/३/३१ र
१३. रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९/३/३१ रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
प्रतिकृया दिनुहोस